कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

राप्रपा एकीकरण प्रयास सुरु

काठमाडौँ — एकीकरणलगत्तै टुक्रिएका राप्रपा र राप्रपा (प्रजातान्त्रिक) बीच एकीकरण प्रयास सुरु भएको छ । पार्टी एकीकरणबारे छलफल गर्न गठित वार्ता टोलीको बैठक मंगलबार बसेको छ ।

राप्रपा एकीकरण प्रयास सुरु

वार्तामा राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्ष टंक ढकाल र महामन्त्री राजेन्द्र लिङ्देन तथा राप्रपा प्रजातान्त्रिकबाट दिपक बोहरा, विक्रम पाण्डे र ठाकुर शर्मा सहभागी थिए ।


प्रथम चरणको एकता वार्ता सकारात्मक रहेको र चाँडै अर्को पटक बस्ने सहमति भएको राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले जानकारी दिए । वार्ताको लागि दुवै राप्रपाले यसअघि नै समिति बनाएका थिए ।


प्रकाशित : असार ५, २०७५ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?