कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

कार्यबाहक प्रधानमन्त्रीसँग भेटे पाकिस्तानी आर्म फोर्सका प्रमुखले

पाकिस्तानी विभूषण प्रधानसेनापति क्षत्रीलाई हस्तान्तरण

काठमाडौँ — पाकिस्तान आर्म्ड फोर्सका प्रमुख जुबैर मोहम्मद हायातले नेपालको राजनीतिक स्थायित्वको प्रशंसा गर्दै विकास प्रक्रियामा मुलुक अघि बढेकामा खुसी व्यक्त गरेका छन् ।

कार्यबाहक प्रधानमन्त्रीसँग भेटे पाकिस्तानी आर्म फोर्सका प्रमुखले

पाँचदिने औपचारिक भ्रमणका क्रममा नेपालमा रहेका हायातले कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग सिंहदरबारमा शिष्टाचार भेट गर्दै यस्तो धारणा व्यक्त गरेका हुन् । उनले नेपाली सेना तथा सशस्त्र प्रहरी बलको प्रशंसा गर्दै विश्व शान्तिमा निर्वाह गरेको भूमिका अतुलनीय रहेको बताए । उक्त भेटवार्तामा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा कुराकानी भएको रक्षा मन्त्रालयले जनाएको छ ।


हायातले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई चलायमान बनाउन जोड दिए । आफ्नो मुलुक कुनै पनि देशको अहितमा जान नसक्ने बताउँदै उनले यस क्षेत्रको विकासमा साझा सहकार्यमा पाकिस्तान अग्रसर रहेको बताए ।


हायातले प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग पनि दुईपक्षीय भेटवार्ता गरेका थिए । उक्त भेटमा उनले पाकिस्तान सरकारका तर्फबाट नेपाली सेनाका प्रधानसेनापति क्षत्रीलाई विशेष सम्मानस्वरूप विशिष्ट व्यक्तित्वहरूलाई प्रदान गरिने उच्चस्तरको विभूषण ‘निसान–ए–इम्तियाज’ (मिलिटरी) ले सम्मान गरेका थिए । उक्त सम्मानपछि आपसी हित र सैन्य सम्बन्धका बारेमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

प्रकाशित : असार ५, २०७५ २१:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?