समाचार

News

अस्थायी शिक्षकको परीक्षा तोकियो

शिक्षक सेवा आयोगले खुला प्रतिस्पर्धाभन्दा पहिला अस्थायी शिक्षकबीच आन्तरिक प्रतिस्पर्धाका लागि परीक्षा लिने भएको छ । ४ पटकसम्म स्थगित अस्थायी शिक्षकको परीक्षा असार २९ र ३० गते लिइने आयोगले जनाएको छ ।

अस्थायी शिक्षकको परीक्षा तोकियो

कमलरी मृत्यु प्रकरण : पश्चिम तराईमा प्रदर्शन

११ वर्षीया घरेलु कामदार (कमलरी) अस्मिता थारूको ‘हत्या’ भएको दाबी गर्दै सरोकारवालाले पश्चिम तराईका बाँके, बर्दिया र दाङमा बुधबार प्रदर्शन गरेका छन् । ११ सूत्रीय माग राख्दै दोषी पत्ता लगाएर कारबाही गर्न उनीहरूले दबाब दिएका छन् ।

कमलरी मृत्यु प्रकरण : पश्चिम तराईमा प्रदर्शन

प्रहरीले जाहेरी लिन नमानेको गुनासो 

वीरेन्द्रनगर नगरपालिका–९, सत्यकाँडाकी ४५ वर्षीया लक्ष्मी थापाको हत्या भएको भन्दै माइती पक्षले प्रहरीले जाहेरी लिन नमानेको आरोप लगाएको छ ।

प्रहरीले जाहेरी लिन नमानेको गुनासो 

सरकारमै सम्बद्ध मन्त्री र पार्टीबाट चर्को दबाब आएपछि गृह मन्त्रालय आफ्नै निर्णयबाट पछि हट्यो

राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (गैसस) का कार्यसमितिका पदाधिकारी तथा कर्मचारीको सम्पत्ति विवरण अनिवार्य रूपमा जिल्ला प्रशासन कार्यालयमा पेस गर्नुपर्ने आफ्नै निर्णयबाट गृह मन्त्रालय पछि हटेको छ ।

सरकारमै सम्बद्ध मन्त्री र पार्टीबाट चर्को दबाब आएपछि गृह मन्त्रालय आफ्नै निर्णयबाट पछि हट्यो

होटलमा महिला र पुरुष मृत भेटिए

सूर्यविनायक नगरपालिका-९ बाँसघारीस्थित गारनिस होटलमा महिला र पुरुष मृत फेला परेको छ । प्रहरीका अनुसार गारनिस होटलको कोठा नम्बर २०३ मा भक्तपुर नगरपालिका–३ का ३० वर्षीय जीवन तोयना श्रेष्ठ र भिमेश्वर नगरपालिका–८ बोच दोलखाकी २२ वर्षीया मुन्नी तामाङ मृत भेटिएका हुन् ।

होटलमा महिला र पुरुष मृत भेटिए

यौन हिंसाको जोखिममा बालबालिका

प्रहरीले बाल यौन दुराचार आरोपमा नेदरल्यान्डका एक बाल चिकित्सकलाई बिहीबार ठमेलस्थित होटलबाट पक्राउ गर्‍यो । ६६ वर्षीय पिट हेन भान तेरविस्गा नेपाली बालकसँगै ठमेल, सातघुम्तीको होटलबाट पक्राउ परेका हुन् ।

यौन हिंसाको जोखिममा बालबालिका

कहाँ गए कल सेन्टर ?

चार वर्षअघिसम्म राजधानीको बानेश्वरचोक छेवैमा एउटा कम्पनी थियो– एफटीटीएच सोलुसन । त्यहाँ करिब ७० जना काम गर्थे । अमेरिका, क्यानाडा, अस्ट्रेलिया र न्युजिल्यान्डको ‘टाइम जोन’ अनुसार यहाँका कर्मचारी ती देशका ग्राहकलाई फोन गर्थे र कामको जिम्मा लिन्थे । कामहरू वेबसाइट, एप, सफटवेयर बनाउने हुन्थे ।

कहाँ गए कल सेन्टर ?

विभेद गर्न संविधानले रोक लगाएको छ : मुख्यमन्त्री पौडेल 

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कसैले कसैलाई विभेदकारी नीति अवलम्बन गर्न संविधानले रोक लगाएको बताएका छन् ।

विभेद गर्न संविधानले रोक लगाएको छ : मुख्यमन्त्री पौडेल 

मलेसिया गन्तव्य अनिश्चित

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सिद्धान्तविपरीत कामदारमाथि आर्थिक भार थोपर्ने मलेसियाको नीति परिवर्तन नगरेसम्म नयाँ कामदार नपठाउने अडानलाई नेपालले यथावत् राखेको छ ।

मलेसिया गन्तव्य अनिश्चित

गौतम बुद्ध विमानस्थल परिसरमा गरिएको आन्दोलन स्थगित

निर्माणाधीन गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना परिसरमा स्थानीयबासिन्दाले दुई दिन अघिदेखि गरेको आन्दोलन स्थगित भएको छ ।

गौतम बुद्ध विमानस्थल परिसरमा गरिएको आन्दोलन स्थगित

राजपाको महाधिवेशन वैशाखमा

राष्ट्रिय जनता पार्टी (राजपा) ले आगामी वैशाखमा पार्टी महाधिवेशन गर्ने भएको छ । तीन दिनदेखि काठमाडौंमा बसेको राजनीतिक समितिको बैठकले ०७६ वैशाख ७, ८ र ९ गते महाधिवेशनको तिथि तोकेको हो ।

राजपाको महाधिवेशन वैशाखमा

ढुक्क भएर लगानी गर्न चिनियाँ व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी ओलीले चीनमा बसोबास गर्ने नेपाली समुदायलाई राष्ट्र निर्माणमा जुट्न आह्वान गरेका छन् । बुधबार बिहान बेइजिङस्थित नेपाली दूतावासमा भेला भएका नेपाली समुदायलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नयाँ नेपाल निर्माण गर्न विदेशमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुलाई एक भएर जुट्न आह्वान गरेका हुन् ।

ढुक्क भएर लगानी गर्न चिनियाँ व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

स्काभेटरसहित ट्रक कोसीमा खस्दा २ जनाको मृत्यु, ७ घाइते [अपडेट]

स्काभेटर बोकेको ट्रक सुनसरीस्थित कोसी ब्यारेजबाट कोसी नदीमा खस्दा बुधबार २ जनाको मृत्यु भएको छ । अरु ७ जना गम्भीर घाइते भएका छन् । हेटौंडाबाट आउँदै गरेको राउत कन्स्ट्रक्सनको ट्रक कोसी नदीमा खसेको थियो ।

स्काभेटरसहित ट्रक कोसीमा खस्दा २ जनाको मृत्यु, ७ घाइते [अपडेट]

नेपालको राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्न चीन साथमा छ : राष्ट्रपति सी 

चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्नका लागि चीन सधै साथमा रहने बताएका छन् । 

नेपालको राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्न चीन साथमा छ : राष्ट्रपति सी 

उड्यो मौसमको जानकारी दिने बेलुन !

मौसमी गतिविधि थाहा पाउन जल तथा मौसम विज्ञान विभागले पहिलोपटक 'वेदर बेलुन' अर्थात् रेडियो सोन्ड उडाएको छ । त्रिविको जल तथा मौसम केन्द्रीय विभागसंगको सहकार्यमा सुरु गरिएको उक्त कार्यक्रम विभागका महानिर्देशक डा.ऋषीराम शर्मा र त्रिविका रजिस्टार डिल्लीराम उप्रेतीले शुभारम्भ गरेका थिए । 

उड्यो मौसमको जानकारी दिने बेलुन !

सुन तस्करीको अनुसन्धानका क्रममा व्यापारी विमल पोदार पक्राउ 

संगठित सुन तस्करी माथि अनुसन्धान गर्न बनेको बिशेष समितिले व्यापारी विमल पोदारलाई पक्राउ गरेको छ । उनलाई मंगलबार साँझ डिल्लीबजार क्षेत्रबाट पक्राउ गरिएको हो ।

सुन तस्करीको अनुसन्धानका क्रममा व्यापारी विमल पोदार पक्राउ 

कांग्रेस जिल्ला सभापतिलाई ८ केन्द्रीय सदस्यको पत्र

कांग्रेसका ८ केन्द्रीय सदस्यले जिल्ला सभापतिहरुलाई पत्र लेखि नयाँ संरचना अनुसार तत्काल अधिवेशन गरी नेतृत्व चयनको विषयमा छलफल गराउन अनुरोध गरेका छन् ।

कांग्रेस जिल्ला सभापतिलाई ८ केन्द्रीय सदस्यको पत्र

करिब नौ सय मेगावाट क्षमताका आयोजनामा चिनियाँ लगानीको सम्झौता

चिनियाँ लगानीकर्ताले नेपालका करीब ९०० मेगावाट क्षमताका विभिन्न चार परियोजना निर्माण गर्ने भएका छन् । 

करिब नौ सय मेगावाट क्षमताका आयोजनामा चिनियाँ लगानीको सम्झौता

एसईईको नतिजा आउन अझै ४-५ दिन लाग्छ : परिक्षा नियन्त्रक

यो वर्षको एसईईको बुधबार नै हुने व्यापक हल्ला चलेसँगै परिक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मिले सो सूचनाको खण्डन गर्नै नतिजा आउन अझै केहि दिन कुर्नुपर्ने बताएका छन्।

एसईईको नतिजा आउन अझै ४-५ दिन लाग्छ : परिक्षा नियन्त्रक

डरले जाग्राम

भूकम्प, बाढी र दैनिक सुक्खा पहिरोले थिल्थिलो बनेको उत्तरी सीमाक्षेत्रको अवस्था अझै उस्तै छ । बर्खाअघि नै दैनिक पहिरो खस्न र जमिन भासिन थालेपछि स्थानीय जाग्राम बस्ने गरेका छन् । 

डरले जाग्राम

शोकमा डुब्यो देवकोटाको गाउँ

गत कात्तिक अन्तिम साता पालुङटार नगरपालिका ४ ठाँटीपोखरीकी १४ वर्षीया राधिका बस्नेतमा स्वास्थ्य–समस्या देखियो । टोलाइरहने र धेरै नबोल्ने उनी कात्तिक २७ मा बेहोस भएपछि उपचारका लागि नजिकैको स्वास्थ्य संस्था लगियो ।

शोकमा डुब्यो देवकोटाको गाउँ

असुरक्षित बन्दै जिल्ला कारागार

पछिल्लो समय सप्तरी जिल्ला कारागार असुरक्षित बन्दै गएको छ । लामो समयदेखि जेलरको पदपूर्ति हुन नसक्नु, निमित्तमा रहेका जेलरले समय नदिनु तथा करारका कार्यालय सहयोगीका हातमा प्रशासनको कार्यभार रहनुले कारागार असुरक्षित बन्दै गएको हो ।

असुरक्षित बन्दै जिल्ला कारागार

पढाइमा मग्न मुसहर बालक

भरतपुर महानगरपालिका २८, मेघौलीमा रहेको साझापुर माविमा पत्रुस मुसहर २ महिनाअघि भर्ना भएका हुन् । मुसहर समुदायका बालबालिका खासै विद्यालय जाँदैनन् ।

पढाइमा मग्न मुसहर बालक

अख्तियारका आधा मुद्दा टुंगिन बाँकी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका हेटौंडा र बर्दिबासस्थित कार्यालयमा परेका मुद्दामध्ये आधाभन्दा बढी फर्स्योट हुन बाँकी छन् ।

अख्तियारका आधा मुद्दा टुंगिन बाँकी

बलात्कार घटना बढे

सुर्खेतमा बलात्कारका घटना बढेको एक प्रतिवेदनले देखाएको छ । ६ महिनाको अवधिमा भएका मानवअधिकार उल्लंघनका घटनामध्ये सबैभन्दा बढी बलात्कारका छन् । 

बलात्कार घटना बढे

फेरि उच्चस्तरीय शिक्षा आयोग गठन

संघीय संरचनाअनुसार समग्र शिक्षा नीति तय गर्न उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन गरिएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले २१ सदस्यीय आयोग गठन गरेको हो ।

फेरि उच्चस्तरीय शिक्षा आयोग गठन

कांग्रेसमा प्रदेश र स्थानीय तहको अधिवेशन माग

कांग्रेसमा संघीय ढाँचाअनुसार पार्टी संरचना रूपान्तरण गर्न स्थानीय र प्रदेश अधिवेशन तत्काल गर्नुपर्ने माग उठेको छ । प्रदेश ३ को राजधानी हेटौंडामा मंगलबार सुरु जिल्ला सभापतिहरूको भेलाले स्थानीय तह र प्रदेश तहको संरचना निर्माण गर्न नेतृत्वलाई दबाब दिएको हो । 

कांग्रेसमा प्रदेश र स्थानीय तहको अधिवेशन माग