कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

एसईईको नतिजा आउन अझै ४-५ दिन लाग्छ : परिक्षा नियन्त्रक

मकर श्रेष्ठ

काठमाडौँ — यो वर्षको एसईईको बुधबार नै हुने व्यापक हल्ला चलेसँगै परिक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मिले सो सूचनाको खण्डन गर्नै नतिजा आउन अझै केहि दिन कुर्नुपर्ने बताएका छन्।

एसईईको नतिजा आउन अझै ४-५ दिन लाग्छ : परिक्षा नियन्त्रक

कान्तिपुरसँगै कुराकानी गर्दै उनले भने, 'अहिले हामी रुजु गर्ने काम गर्दै छौं । त्यो सबै सकेर नतिजा निकाल्न केही नभएपनि ४-५ दिन अझै लाग्न सक्छ।'


उनले बजारमा चलेको हल्ला र त्यसले विद्यार्थी तथा अभिभावकलाई दिएको तनावलाई मध्यनजर गर्दै प्रहरीमा पनि उजुरी गरिएको बताए ।


परिक्षा नियन्त्रण कार्यालयले एसईईको नतिजा सार्वजनिक गरेसँगै त्यसलाई काठमाडौं वर्ल्ड स्कुलसँगको सहकार्यमा ईकान्तिपुर डटकमले आफ्नो साइटमा प्रकाशित गर्ने छ । नतिजा हेर्नका लागि रिजल्टस् डट ईकान्तिपुर डटकममा लगइन गर्नुका साथै रिजल्टस् र सिम्बल नम्बर लेखेर ३५००१ मा एसएमएस गरेर प्राप्त गर्न सकिने छ ।

यस वर्षको एसईई परिक्षामा ४ लाख ८५ हजार विद्यार्थी सहभागी भएका थिए ।

प्रकाशित : असार ६, २०७५ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?