राजपाको महाधिवेशन वैशाखमा

काठमाडौँ — राष्ट्रिय जनता पार्टी (राजपा) ले आगामी वैशाखमा पार्टी महाधिवेशन गर्ने भएको छ । तीन दिनदेखि काठमाडौंमा बसेको राजनीतिक समितिको बैठकले ०७६ वैशाख ७, ८ र ९ गते महाधिवेशनको तिथि तोकेको हो ।

राजपाको महाधिवेशन वैशाखमा

निर्वाचन आयोगले एक वर्षभित्रमा महाधिवशेन गराउन भने पनि राजपाले विधानको व्यवस्था नै संशोधन गरी महाधिवेशनको तिथि पछि सारेको हो । पार्टीको विधानको धारा २२ को उपाधारा (१०) लाई संशोधन गरी निर्वाचन आयोगलाई बुझाइसकिएको राजपा नेता केशव झाले बताए ।


बैठकले तीन सदस्यीय विधान परिमार्जन समिति बनाउने निर्णय समेत गरेको छ । तर, समितिमा रहने सदस्यहरुको नाम भने तय भइसकेको छैन । राजपाको राजनीतिक समितिको अर्को बैठक असार २१ मा बस्ने छ ।


पढ्नुहोस् विज्ञप्तिको पूर्णपाठ



प्रकाशित : असार ६, २०७५ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?