कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

विद्युत्‌का कर्मचारी रंगेहात पक्राउ

भवानी भट्ट

कञ्चनपुर — भीमदत्त नगरपालिका-१२ ओदालीमा विद्युत् प्राधिकरणका एक कर्मचारी घूस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् । 

विद्युत्‌का कर्मचारी रंगेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगर कार्यालयले विद्युत् प्राधिकरण गड्डाचौकीका कर्मचारी हर्कबहादुर चन्दलाई बुधबार ५ हजार रकम लिइरहेको अवस्थामा पक्राउ गरेको हो ।


अख्तियारको महेन्द्रनगर कार्यालयका प्रमुख ज्ञानेन्द्र ढकालका अनुसार ओदालीमा एक स्थानीयको घरको छतमा रहेको मेनलाइन सारेबाफत चन्दले उक्त रकम लिएका थिए ।



चन्दलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान जारी राखिएको ढकालले जानकारी दिए ।


प्रकाशित : असार ६, २०७५ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?