१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

होटलमा महिला र पुरुष मृत भेटिए

लीला श्रेष्ठ

भक्तपुर — सूर्यविनायक नगरपालिका-९ बाँसघारीस्थित गारनिस होटलमा महिला र पुरुष मृत फेला परेको छ । प्रहरीका अनुसार गारनिस होटलको कोठा नम्बर २०३ मा भक्तपुर नगरपालिका–३ का ३० वर्षीय जीवन तोयना श्रेष्ठ र भिमेश्वर नगरपालिका–८ बोच दोलखाकी २२ वर्षीया मुन्नी तामाङ मृत भेटिएका हुन् ।

होटलमा महिला र पुरुष मृत भेटिए

मंगलबार होटलको कोठा लिएका उनीहरूले ढोका नखुलेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेको ढोका फोडी हेर्दा महिला मुन्नी तामाङ खाटमा रगताम्य अवस्थामा मृत र पुरुष जीवन तोयना श्रेष्ठ बाथरुम भित्रको नुहाउने सावरमा प्लाष्टिकको कम्मर बेल्ट घाँटीमा पासो लगाई झुण्डिएको अवस्थामा मृत भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सुशिलकुमार पाण्डेले बताए ।


घटना स्थलमा सिसाको टुक्राहरू फेला परेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित : असार ६, २०७५ १९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?