कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

राजपा महाधिवेशन वैशाखमा

काठमाडौँ — राष्ट्रिय जनता पार्टी (राजपा) ले आगामी वैशाखमा पार्टीको महाधिवेशन गर्ने भएको छ । तीन दिनदेखि राजधानीमा बसेको राजनीतिक समिति बैठकले ०७६ वैशाख ७, ८ र ९ गते महाधिवेशन गर्ने निर्णय गरेको हो ।

राजपा महाधिवेशन वैशाखमा

निर्वाचन आयोगले एक वर्षभित्र महाधिवेशन गराउन भने पनि राजपाले विधानको व्यवस्था नै संशोधन गरी महाधिवेशन मिति पछि सारेको हो ।

विधानको धारा २२ को उपधारा १० संशोधन गरी निर्वाचन आयोगलाई बुझाइसकिएको नेता केशव झाले बताए । बैठकले तीन सदस्यीय विधान परिमार्जन समिति बनाउने निर्णयसमेत गरेको छ ।

तर, समितिमा रहने सदस्यको नाम तय भइसकेको छैन । राजनीतिक समितिको अर्को बैठक असार २१ मा बस्नेछ ।

प्रकाशित : असार ७, २०७५ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?