२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

सभामुख–उपसभामुखको दलबारे प्रश्न गर्नु जरुरी छैन : महरा

दुर्गालाल केसी

दाङ — संघीय संसद्का सभामुख कृष्णबहादुर महराले सभामुख र उपसभामुख कुनै पार्टीको सदस्य नरहेकाले यसबारे प्रश्न उठाउन जरुरी नभएको बताएका छन् ।

सभामुख–उपसभामुखको दलबारे प्रश्न गर्नु जरुरी छैन : महरा

पत्रकार महासंघ दाङ शाखाले बिहीबार बिहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै महराले सभामुख र उपसभामुखले पार्टी सदस्यबाट राजीनामा दिइसकेकाले यसबारे बहस गर्नु उचित नहुने बताए ।


प्रतिपक्षी कांग्रेसले सभामुख र उपसभामुख एउटै दलको भएको भन्दै बिरोध जनाइरहेका बेला महराले यसबारे प्रश्न उठाउनै नमिल्ने दाबी गरे । ‘सभामुख र उपसभामुख सबैको साझा भैसकेका छौं । यस्तो बेला पार्टीको कुरा जोडेर विवाद गर्नु सान्दर्भिक हुँदैन,’ उनले भने, ‘प्रतिपक्षीले आवाज उठाएकै कारण सभामुख र उपसभामुख परिवर्तन हुन सक्दैन । यसबारे अनावश्यक भ्रम सिर्जना गर्न जरुरी छैन ।’

प्रकाशित : असार ७, २०७५ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?