२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

राष्ट्रपति सैनिक मुख्यालयमा

काठमाडौँ — नेपाली सेनाको परमाधिपतिसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रप्रेम, लोकतन्त्रीकरण र विकास निर्माणमा सेनाले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेकी छन् । 

राष्ट्रपति सैनिक मुख्यालयमा

सेनालाई उच्च मनोबल तथा हौसलासाथ सरकारले प्रदान गरेको जिम्मेवारी सदाभझैँ सम्पन्न गर्न उनले निर्देशन दिइन् । सेनाको मुख्यालय (जंगी अड्डा) निरीक्षण गर्दै राष्ट्रपतिले सेनाका पछिल्ला गतिविधिबारे जानकारी लिने क्रममा यस्तो धारणा राखेकी हुन् ।


कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षाको महत्त्वपूर्ण जिम्मेवारी बोकेको सेनालाई आवश्यक सहयोग गर्न सरकार सकारात्मक रहेको बताए ।


प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली सेनाको सबलीकरण, सुदृढीकरण र सांगठनिक विकास तथा पारम्परिक मर्यादा अक्षुण्ण राख्न सरकारबाट प्राप्त सहयोग तथा भूमिका महत्त्वपूर्ण रहेको बताए ।


उनले नेपाली सेनाले सदैव राष्ट्रिय स्वार्थलाई सर्वोपरि राखी कार्य गरेको धारणा राख्दै यस्ता निरीक्षणले सेनालाई हौसला मिल्ने बताए । कार्यक्रममा विभागका रथीबृन्द तथा अधिकृतहरूले राष्ट्रपति र कार्यवाहक प्रधानमन्त्रीलाई पछिल्लो वस्तुस्थितिबारे जानकारी गराएका थिए ।

प्रकाशित : असार ७, २०७५ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?