कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

प्रहरीद्वारा मूलपानीमा दुई राउन्ड गोली प्रहार, लुटेरा समूहका नाइके पक्राउ

जनकराज सापकाेटा

काठमाडौँ — प्रहरीले गोली हानी लुटेरा समूहका नाइकेलाई बिहीबार राति पक्राउ गरेको छ । महानगरीय अपराध शाखाको टोलीले २ राउन्ड गोली चलाएर काठमाडौं मुलपानीबाट खुँडे भन्ने अम्बरबहादुर तामाङलाई नियन्त्रणमा लिएको जनाएको छ । उनको दायाँ खुट्टामा गोली लागेको छ ।

प्रहरीद्वारा मूलपानीमा दुई राउन्ड गोली प्रहार, लुटेरा समूहका नाइके पक्राउ

सिन्धुपाल्चोक बाह्रबिसेका तामाङ हाल काठमाडौंको गोकर्णेश्वरमा बस्दै आएका थिए ।


नियन्त्रणमा लिन लाग्दा प्रहरीलाई आक्रमण गर्न खोजेकाले २ राउन्ड गोली प्रहार गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ । घटनास्थलबाट १ थान कटुवा पेस्तोल, गोली २ राउन्ड, अमेरिकन डलर १२००, डलर साट्न प्रयोग गर्ने कागजको बिटा ८ थान बरामद गरिएको छ ।


तामाङ नेतृत्वको समूहले विभिन्न व्यक्तिहरुलाई प्रलोभन र हतियार देखाइ तर्साएर लाखौं लुटेका प्रहरीले जनाएको छ । ती समूहले आफूसँग डलर रहेको र त्यो सटही गरेमा फाइदा हुनेजस्ता बाहाना पारी एकान्तमा बोलाएर सर्वसाधरणलाई हातहतियारसहित धम्क्याएर लुट्ने गरेका थिए । प्रहरीका अनुसार ती समूहले जेठ २४ गते काठमाडौं साँखु इन्द्रायणी पुल नजिक ताप्लेजुङ फुङलिङका वीरेन तामाङको १९ लाख ६० हजार, २८ गते कपन संयुक्तपार्कबाट ताप्लेजुङ फुललिङकै राजकुमार बानियाँको ४ लाख ९० हजार र भक्तपुर सूर्यविनायक जंगलमा स्याङ्जा चापाकोटका राज भण्डारीको साथमा रहेको ८ लाख लुटेका थिए ।

प्रकाशित : असार ७, २०७५ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?