२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३
समाचार

News

संगठित सुन तस्करी : ४ प्रतिवादीविरुद्ध रेडकर्नर नोटिस

३३ किलो सुन तस्करी र हत्या प्रकरणमा प्रहरीले ४ अभियुक्तविरुद्ध रेडकर्नर नोटिस जारी गरेको छ । मोरङ जिल्ला अदालतमा विचाराधीन मुद्दाका ४ प्रतिवादीलाई पक्राउ गर्न नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) मार्फत रेडकर्नर नोटिस जारी गरेको हो । 

संगठित सुन तस्करी : ४ प्रतिवादीविरुद्ध रेडकर्नर नोटिस

६० वर्षपछि तथ्यांक ऐन संशोधन हुने

साठी वर्षअघि बनेको तथ्यांक ऐन संशोधन हुने भएको छ । केन्द्रीय तथ्यांक विभागले तथ्यांकको परिभाषा नै परिवर्तन गर्दै नयाँ संविधानको व्यवस्थाअनुकूल तथ्यांक ऐन २०१५ को संशोधन मस्यौदा तयार पारेको छ । 

६० वर्षपछि तथ्यांक ऐन संशोधन हुने

द्रुतमार्गमै काम सुस्त

दिपायल–बिपीनगर–धनगढी द्रुतमार्गको ट्रयाक खोल्ने काम रोकिएको छ । वन कार्यालयसँग सम्बन्धित कानुनी प्रकृया पुर्‍याउन नसकेपछि निर्माण रोकिएको हो । साविकको सडकभन्दा निकै छोटो मानिएको द्रुतमार्ग निर्माणमा भइरहेको ढिलासुस्तीप्रति स्थानीयले भने तीव्र असन्तुष्टि ब्यक्त गरेका छन् ।

द्रुतमार्गमै काम सुस्त

चेपाङ मार्ग बन्ने कहिले?

चेपाङ मार्गले पुर्वपश्चिम महेन्द्र राजमार्गको भण्डारा र पृथ्वीराजमार्गको मलेखु मात्रै जोडैन चितवन, धादिङ र मकवानपुरको विकट पहाडी क्षेत्रमा बस्ने अल्पसंख्यक आदिवासी समुदाय चेपाङको घर आँगनमा विकास पुर्‍याउन पनि मद्दत गर्छ ।

चेपाङ मार्ग बन्ने कहिले?

५ हजार धरौटीमा आचार्य श्रीनिवास रिहा

आफैलाई गोली हान्न लगाएर हिन्दुराज्य स्थापनाकाे आन्दोलन गराउन असफल प्रयास गरेका आचार्य श्रीनिवास ५ हजार धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रताप शर्माको इजलासले ५ हजार धरौटीमा रिहा गरेको हो ।  

५ हजार धरौटीमा आचार्य श्रीनिवास रिहा

ठमेल क्षेत्रमा शनिबार विद्युत् आपूर्ति बन्द हुने

नेपाल विद्युत् प्राधिकरणले शनिबार ठमेललगायत एक दर्जन स्थानमा विद्युत् आपूर्ति बन्द हुने बताएको छ । प्राधिकरणले ११ केभी प्रसारण लाइनको मर्मतसम्भार गरी थप व्यवस्थित गर्न लागेकाले शनिबार बिहान ८ देखि साँझ ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने भएको हो ।

ठमेल क्षेत्रमा शनिबार विद्युत् आपूर्ति बन्द हुने

३ नम्बर प्रदेशलाई नेवा: ताम्सालिङ नामकरण गर्न माग

प्रदेश नं ३ को नाम नेवा: ताम्सालिङ राख्न माग गर्दै काठमाडौंमा शुक्रबार प्रदर्शन गरिएको छ । नेवा : ताम्सालिङ समन्वय समितिको अगुवाईमा रत्नपार्क शान्तिवाटिकामा एक घण्टा धर्ना तथा कोणसभा गरिएको हो ।

३ नम्बर प्रदेशलाई नेवा: ताम्सालिङ नामकरण गर्न माग

रुलिङ मान्दैनन् सांसद

सभामुख प्रदीपकुमार भण्डारीले मंगलबारको प्रदेशसभा बैठकमा सांसदहरूलाई ‘आचरणमा बस्न’ दुईपटकसम्म रुलिङ गरेका थिए । उनले भने, ‘सदस्यज्यूहरू प्रदेशसभा बैठकले खैरो रंगको कोट ‘ड्रेस कोड’ का रूपमा तोकिसकेको छ ।

रुलिङ मान्दैनन् सांसद

प्रधानमन्त्रीद्वारा कूटनीतिक मर्यादा उल्लंघन : राप्रपा

प्रधानमन्त्री केपी ओलीको जारी चीन भ्रमणमा कूटनीतिक मर्यादाविपरीत गतिविधि भएको भन्दै राप्रपाले आपत्ति जनाएको छ । 

प्रधानमन्त्रीद्वारा कूटनीतिक मर्यादा उल्लंघन : राप्रपा

स‌ंसदीय सुनुवाई समिति गठनको बाटो खुल्यो 

संघीय संसदको संयुक्त बैठक र समिति सञ्चालन नियमावली शुक्रबार सर्वसम्मत पारित भएकाे छ । नियमावली पारित पछि अब सुनुवाई समिति गठनको बाटो खुलेको छ ।

स‌ंसदीय सुनुवाई समिति गठनको बाटो खुल्यो 

गैरकानुनी रुपमा काम गर्ने ६ टुरिस्ट गाइड पक्राउ

गैरकानुनी रुपमा पथ प्रदर्शक (टुरिस्ट गाइड) को काम गर्दै आएका ६ जना पक्राउ परेका छन् । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी पर्यटक पथ प्रदर्शक प्रमाणपत्र बनाई गैरकानुनी तवरले काम गर्नेलाई बुधबार पर्यटन विभाग परिसरबाट नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको जनाएको छ ।

गैरकानुनी रुपमा काम गर्ने ६ टुरिस्ट गाइड पक्राउ

डाक्टर–नर्सद्वारा स्वास्थ्य मन्त्रालय घेराउ

आफूहरुमाथि श्रमशोषण गरिएको भन्दै कार्यरत नर्स र अध्ययनरत डाक्टरहरुकाे समूहले स्वास्थ्य मन्त्रालय घेराउ गरेकाे छ । नर्सहरूले गत माघमा ११ बुँदे माग सार्दै एक साता आन्दोलन गरेका थिए । उक्त माग अझै पुरा नभएको भन्दै शुक्रबार उनीहरूले स्वास्थ्य मन्त्रालयमा धर्ना दिएका हुन् । 

डाक्टर–नर्सद्वारा स्वास्थ्य मन्त्रालय घेराउ

रेस्टुरेन्ट व्यावसायी अकबर शाह सुन तस्करीको आरोपमा पक्राउ

संगठित सुन तस्करीमाथि अनुसन्धान गर्न बनेको विशेष समितिले पुल्चोकस्थित लबिम मलमा रेस्टुरेन्ट संचालन गर्दै आएका व्यवसायी अकबर शाहलाई पक्राउ गरेको छ । संगठित सुन तस्करीमा अकबरको पनि मिलेमतो रहेको समिति स्रोतको दाबी छ ।

रेस्टुरेन्ट व्यावसायी अकबर शाह सुन तस्करीको आरोपमा पक्राउ

नेपालको वायु सेवा खतराको सूचीबाट हट्यो : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले नेपालको वायु सेवालाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको खतराको सूचीबाट हटाउन सफल भएको बताएका छन् ।

नेपालको वायु सेवा खतराको सूचीबाट हट्यो : मन्त्री अधिकारी

२१ बुँदे घोषणापत्र जारी गर्दै कांग्रेसका जिल्ला सभापतिको राष्ट्रिय भेला सकियो 

प्रदेश ३ को अस्थायी राजधानी हेंटौडामा आयोजना गरिएको कांग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेला २१ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ ।

२१ बुँदे घोषणापत्र जारी गर्दै कांग्रेसका जिल्ला सभापतिको राष्ट्रिय भेला सकियो 

टिपरको ठक्करबाट सानोठिमीमा स्कुटर चालकको मृत्यु

पेप्सीकोलाबाट सानोठिमीतर्फ आउँदै गरेको बा २ क ३९३४ नम्बरको टिपरले सोही दिशातर्फ आइरहेको बा ६६ प ८५५३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

टिपरको ठक्करबाट सानोठिमीमा स्कुटर चालकको मृत्यु

दरबार क्षेत्रका विद्यालय पुनर्निर्माण अन्योल

भूकम्पले क्षतिग्रस्त पद्म माविमा अध्ययनरत विद्यार्थी अस्थायी टहरामा पढ्न बाध्य छन् । भूकम्प गएको करिब ३८ महिनासम्म पनि क्षतिग्रस्त विद्यालय पुनर्निर्माणको टुंगो नलागेको पद्म माविका प्रधानाध्यापक राम हाडा बताउँछन् ।

दरबार क्षेत्रका विद्यालय पुनर्निर्माण अन्योल

कर्मचारीका भरमा तीन आयोग

संवैधानिक व्यवस्थाअनुसार गठन भएका दलित, महिला र मुस्लिम आयोग निष्क्रियजस्तै बनेका छन् । तीनवटै आयोग कर्मचारीका भरमा चलिरहेका छन् । पदाधिकारी नियुक्त नहुँदा नीतिगत निर्णय हुन सकेको छैन ।

कर्मचारीका भरमा तीन आयोग

प्रहरीले जाहेरी लिन नमानेको गुनासो

वीरेन्द्रनगर नगरपालिका–९, सत्यकाँडाकी ४५ वर्षीया लक्ष्मी थापाको हत्या भएको दाबी गर्दै माइती पक्षले प्रहरीले जाहेरी लिन नमानेको आरोप लगाएको छ । थापाको वैशाख ४ गते मृत्यु भएको थियो ।

प्रहरीले जाहेरी लिन नमानेको गुनासो

उखु किसानलाई भुक्तानी दिलाउन गृहको पहल

गृह मन्त्रालयले किसानलाई उखुको भुक्तानी दिलाउन पहल थालेको छ । उद्योग सञ्चालनमा रहेका जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरी तत्काल कृषकलाई भुक्तानीको व्यवस्था मिलाउन पत्राचार गरेको हो । अटेर गरेमा कानुनबमोजिम कारबाहीका लागि सिफारिस गर्नसमेत भनेको छ ।

उखु किसानलाई भुक्तानी दिलाउन गृहको पहल

यूएईले दियो तीनमहिने आममाफी

संयुक्त अरब इमिरेट्स (यूएई) ले स्थानीय आवासीय कानुन उल्लंघन गरी अवैधानिक रूपमा बस्दै आएका आप्रवासी कामदारलाई तीनमहिने आममाफी दिएको छ ।

यूएईले दियो तीनमहिने आममाफी

निर्णयबाट पछि हट्यो गृह

राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका कार्यसमितिका पदाधिकारी तथा कर्मचारीको सम्पत्ति विवरण अनिवार्य रूपमा जिल्ला प्रशासन कार्यालयमा पेस गर्नुपर्ने आफ्नै निर्णयबाट गृह मन्त्रालय पछि हटेको छ ।

निर्णयबाट पछि हट्यो गृह

प्रधानन्यायाधीश नियुक्ति प्रभावित

संवैधानिक परिषद्ले सिफारिस गरिसके पनि कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश नियुक्त गर्न अझै समय लाग्ने भएको छ । संसदीय सुनुवाइ समिति गठन नभएकाले प्रधानन्यायाधीश नियुक्तिमा ढिलाइ भएको हो ।

प्रधानन्यायाधीश नियुक्ति प्रभावित

समिति गठनमा दलहरूकै अलमल

दलहरूले सांसदको नाम सिफारिस नगर्दा संसदीय समिति गठन हुन सकेको छैन । कसलाई कुन समितिमा राख्ने भन्ने नामावली उनीहरूले नपठाउँदा समिति गठन प्रक्रिया अघि बढ्न नसकेको जानकारी संसद् सचिवालयले दिएको छ ।

समिति गठनमा दलहरूकै अलमल

चीनमा के के विषयमा भयो मुख्य समझदारी र सम्झौता

नेपाल र चीनले दूरगामी महत्त्व राख्ने केरुङ–काठमाडौं रेलमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा बिहीबार हस्ताक्षर गरेका छन् । दुई देशले सम्बन्ध विस्तारको आधार बनाएको ‘ट्रान्स–हिमालयन मल्टी–डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’ को खाकाभित्र रहेर उक्त समझदारी गरेका हुन् ।

चीनमा के के विषयमा भयो मुख्य समझदारी र सम्झौता