कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यूएईले दियो तीनमहिने आममाफी

काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई) ले स्थानीय आवासीय कानुन उल्लंघन गरी अवैधानिक रूपमा बस्दै आएका आप्रवासी कामदारलाई तीनमहिने आममाफी दिएको छ ।

यूएईले दियो तीनमहिने आममाफी

यो आममाफी अगस्ट १ गतेदेखि लागू हुनेछ । विदेशी कामदार मामिला तथा बन्दरगाह विभागका कार्यवाहक महानिर्देशक सयिद रकान अल रस्हेन्दीका अनुसार अगस्ट १ देखि अवैधानिक ढंगले बसोवास गरी काम गर्दै आएका कामदारलाई विनासजाय स्वदेश फर्कन वा सामान्य शुल्क तिरेर कानुनी हैसियत बनाएर बस्न छुट दिइएको छ ।

यूएईले आफ्नो देशमा सिरिया, लिबिया र यमनका नागरिक अवैधानिक रूपमा बस्न थालेपछि यो कार्यक्रम ल्याएको हो ।

प्रकाशित : असार ८, २०७५ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?