प्रहरीले जाहेरी लिन नमानेको गुनासो

सुर्खेत — वीरेन्द्रनगर नगरपालिका–९, सत्यकाँडाकी ४५ वर्षीया लक्ष्मी थापाको हत्या भएको दाबी गर्दै माइती पक्षले प्रहरीले जाहेरी लिन नमानेको आरोप लगाएको छ । थापाको वैशाख ४ गते मृत्यु भएको थियो ।

प्रहरीले जाहेरी लिन नमानेको गुनासो

थापाको वैशाख ४ गते मृत्यु भएको थियो । प्रहरीले थापाले विष सेवन गरी आत्महत्या गरेको जनाए पनि माइती पक्षले हत्या भएको भन्दै दोषीमाथि कारबाही माग गरेको छ । उनीहरूले दिनदिनै जिल्ला प्रहरी कार्यालय धाए पनि जाहेरी दर्ता गर्न नमानेको आरोप लगाए ।


थापाका दाजु मीनबहादुर बीसीले हत्या भएको भन्दै किटानी जाहेरी दिए पनि प्रहरीले मुद्दा दर्ता गर्न नमानेको दाबी गरे । ‘प्रहरीले विष र मादक पदार्थ सेवन गरी आत्महत्या गरेको भने पनि शरीरमा नीलडाम भएको र शरीरको कपडा च्यातिएको हामी पीडित पक्षले देखेका हौँ,’ उनले भने, ‘मैले बहिनीका पति भीमबहादुर थापा र भान्जी रीता थापाको कुटपिटपछि मृत्यु भएको भन्दै किटानी जाहेरी दिए पनि प्रहरीले दर्ता गर्नै मानेन ।’ उनले राजनीतिक संरक्षणकै कारण पीडकले उन्मुक्ति पाएको दाबी गरे ।


सुर्खेत प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले पोस्टमार्टम रिपोर्ट र प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा आत्महत्या भएको खुलेको बताए । उनले प्रहरी अनुन्धान जारी रहेको जनाए । ‘हत्याको ठोस प्रमाण देखिएको छैन,’ चतुर्वेदीले भने, ‘मृतकको भिसेरा परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको छ, रिपोर्ट आएपछि थप प्रक्रिया अगाडि बढ्छ ।’

प्रकाशित : असार ८, २०७५ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?