कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टिपरको ठक्करबाट सानोठिमीमा स्कुटर चालकको मृत्यु

भक्तपुर — पेप्सीकोलाबाट सानोठिमीतर्फ आउँदै गरेको बा २ क ३९३४ नम्बरको टिपरले सोही दिशातर्फ आइरहेको बा ६६ प ८५५३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

टिपरको ठक्करबाट सानोठिमीमा स्कुटर चालकको मृत्यु

प्रहरीका अनुसार शुक्रबार बिहान मध्यपुर थिमि नगरपालिका सानोठिमीमा टिपरको ठक्करबाट सिन्धुपाल्चोक चेलाङ घरभई मध्यपुर थिमि–६ बस्ने ४८ वर्षिय चेतबहादुर थापाको मृत्यु भएको हो । स्कुटरलाई ठक्कर दिई फरार भएको टिपर र ३० वर्षीय चालक राजन खड्गीलाई प्रहरीले जगातीबाट नियन्त्रणमा लिई कारबाही थालेको महानगरीय प्रहरी वृत्त ठिमी प्रमूख एसपी प्रज्वल मर्हजनले बताए ।


प्रकाशित : असार ८, २०७५ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?