२१ बुँदे घोषणापत्र जारी गर्दै कांग्रेसका जिल्ला सभापतिको राष्ट्रिय भेला सकियो 

हेंटौडा — प्रदेश ३ को अस्थायी राजधानी हेंटौडामा आयोजना गरिएको कांग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेला २१ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ ।

२१ बुँदे घोषणापत्र जारी गर्दै कांग्रेसका जिल्ला सभापतिको राष्ट्रिय भेला सकियो 

भेलालाई अन्तिममा सम्बोधन गर्दै पार्टी सभापति शेरबहादुर देउवाले गएको निर्वाचनमा टिकट वितरणका क्रममा केही त्रुटी भएको स्वीकार गरेका छन् । उनले आगामी निर्वाचनहरुमा त्यस प्रकारको त्रुटीलाई नदोहोर्‍याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । भेलाको अन्तिममा सभापति र पार्टीका विरष्ठ नेता रामचन्द्र पौडेले सम्बोधन गरेका थिए ।


वरिष्ठ नेता पौडेलले आफूले पार्टी भित्र छुट्टै गुट नचलाएको बताउँदै पार्टीलाई एक बनाएर अगाडि बढाउनका लागि मेची-महाकाली अभियान सुरु गर्ने बताएका थिए ।


भेलाले वर्तमान कम्यूनिष्ट सरकार सर्वसत्तावाद-उन्मूख रहेको निष्कर्ष निकालेको छ । 'कम्यूनिष्ट सरकारबाट संचार जगतमा थालिएको निषेध र नियन्त्रणकारी हस्तक्षेप, स्वतन्त्र न्यायपालिकालाई प्रभावित पार्ने अभिव्यक्ति, नागरिकको सम्पतिको हकलाई कुण्ठित गर्ने प्रयत्न, राष्ट्रसेवक कर्मचारी र शैक्षिक क्षेत्रमाथिको अन्यायपूर्ण आतंक, ट्रेड युनियन अधिकार खोस्ने प्रपन्च, पेसागत सामाजिक एवं गैरसरकारी संघसंस्थामाथिको नियन्त्रणकारी रबैया, मौलाउँदै गएको दण्डहिनता आदिबाट वर्तमान सरकार सर्वसत्तावाद-उन्मूख रहेको प्रष्ट छ,' घोषणापत्रको ११ नम्बर बुँदामा भनिएको छ, 'अत: लोकतान्त्रिक गणतन्त्र, संघियता, प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायप्रणाली, ट्रेड युनियन अधिकार, विद्यमान कानून अन्तर्गत रही निर्वाध पेसा ब्यबसाय गर्ने अधिकार लगायत लोकतन्त्रका स्थापित मूल्यमान्यताको रक्षाका लागि नेपाली कांग्रेस दृढतापुर्वक उभिने प्रण गर्दछ ।'


यस्तै भेलाले तत्कालिन एमालेको नक्कली राष्ट्रवाद सरकारमा पुगेपछि लम्पसारवादमा परिणत भएको आरोप पनि लगाएको छ ।


सभापतिहरुको भेलाले आगामी दिनमा पार्टीको संगठनलाई थप सबल, सदृढ, आधुनिक एवं प्रभावकारी बनाउने दिशा तर्फ काम सुरु गर्ने अठोट पनि व्यक्त गरेको छ ।


जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाले जारी गरेको घोषणापत्र :



प्रकाशित : असार ८, २०७५ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?