१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

चीन भ्रमण उत्साहजनक : महासचिव पौडेल

रासस

बुटवल — नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण उत्साहजनक भइरहेको बताएका छन् । 

चीन भ्रमण उत्साहजनक : महासचिव पौडेल

शुक्रबार यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, 'अब ढिलोमा सात वर्षमा काठमाडौँमा रेलमार्ग सञ्चालन हुन्छ ।' महासचिव पौडेलले पर्यटन, ऊर्जा, सडक सञ्जाललगायत विभिन्न विषयमा चीनसँग सहमति हुने बताउँदै चीन र भारतसँगको समान सम्बन्धबाट नेपालको विकास सम्भव हुने धारणा व्यक्त गरे ।


उनले मुलुक राजनीतिक स्थिरता र विकासको चरणमा छ भन्दै यसबाट मुलुकले दिगो लाभ हासिल गर्दा समृद्धि प्राप्त हुने बताए । बुटवल उपमहानगरपालिकाको प्रशासनिक भवन शिलान्यासका लागि उनी शुक्रबार बुटवल आएका हुन् ।

प्रकाशित : असार ८, २०७५ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?