कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्रीद्वारा कूटनीतिक मर्यादा उल्लंघन : राप्रपा

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीको जारी चीन भ्रमणमा कूटनीतिक मर्यादाविपरीत गतिविधि भएको भन्दै राप्रपाले आपत्ति जनाएको छ । 

प्रधानमन्त्रीद्वारा कूटनीतिक मर्यादा उल्लंघन : राप्रपा

पार्टी कार्यालय धुम्बाराहीमा शुक्रबार बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री विदेश भ्रमणमा गएका बेला पार्टीगत कार्यक्रममा सहभागी भएको र पार्टी विशेषको विचारको अभिव्यक्ति दिनु कूटनीतिक मर्यादा उल्लंघन भएको निष्कर्ष निकालेको हो । 'औ‍पचारिक रुपमा सिंगो मुलुकको प्रतिनिधित्व गरी विदेश भ्रमणमा गएका बेला पार्टीगत कार्यक्रममा सहभागिता र पार्टी विशेषको विचारको अभिव्यक्ति कूटनैतिक मर्यादा अनुकूल नभएको राप्रपाको ठहर छ,' बैठकपछि प्रवक्ता भुवन पाठकले जारी विज्ञप्तिमा उल्लेख छ ।


प्रधानमन्त्रीको भ्रमणका क्रममा पारवहन सन्धि हुन नसकेको तथा पेट्रोलियम पदार्थ आपूर्तिको वैकल्पिक व्यवस्थाबारे अपेक्षाअनुरुप पहल नभएकोप्रति पनि राप्रपाले असन्तोष प्रकट गरेको छ । विगतमा दुई देशबीचमा भएका पारवहन, व्यापारलगायत सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धतालाई भने राप्रपाले सकारात्मक रुपमा लिएको जनाएको छ ।


राप्रपा बैठकले यँही असार २८ देखि असोज मसान्तसम्म हिन्दूराष्ट्र पुनर्स्थापना राष्ट्रिय जनजागरण अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको विज्ञप्तिमार्फत् जनाएकाे छ ।


असार ५ गते चीन भ्रमणमा गएका प्रधानमन्त्री ओली नेतृत्वको टोली आइतबार स्वदेश फर्कने कार्यक्रम छ ।


पढ्नुहोस्, विज्ञप्तिको पूर्णपाठ


प्रकाशित : असार ८, २०७५ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?