१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सट्टेबाजीको नाममा दुई करोड ४० लाख ठगी आरोपमा एक पक्राउ

काठमाडौँ — इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टेबाजीको नाममा दुई करोड ४० लाख ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

सट्टेबाजीको नाममा दुई करोड ४० लाख ठगी आरोपमा एक पक्राउ

महानगरीय अपराध महाशाखाको टोलीले ठगी आरोपी अमृत भन्ने नथमल अग्रवाल (नागराज) लाई शनिबार काठमाडौं पानीपोखरीबाट पक्राउ गरेको जनाएको छ । ४८ वर्षका अग्रवाल धनुषा, जनकपुर नगरपालिका-३ का बासिन्दा हुन् । प्रहरीका अनुसार उनी हाल काठमाडौं पानीपोखरी बस्दै आएका थिए ।


उनीमाथि भारतमा भएको आइपिएल क्रिकेटमा सट्टेबाजीमा रकम राख्दा ३ महिनामा तेब्बर हुन्छ र हारेमा रकम फिर्ता हुन्छ भनी प्रलोभन देखाएर दुई करोड चालीस लाख ठगी गरी सम्पर्कविहीन भएको आरोप लागेको प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए । अग्रवालको गठीमा महोत्तरी मनरासिसुवा वर्षका ३९ को राकेश सिंहलगायत व्यक्ति परेका छन् ।


पक्राउ परेका अग्रवालमाथि थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ । मुलुकी ऐन ठगी महलको दफा ४ अनुसार ५ वर्षसम्म कैद र विगो भराई विगो बमोजिम जरिवाना हुने व्यवस्था छ ।

प्रकाशित : असार १०, २०७५ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?