कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सामुदायिक विद्यालयकी छात्राले ल्याइन् ४ जीपीए

विनोद भण्डारी

विराटनगर — शनिवार सार्वजनिक भएको २०७४ को एसईईको नतिजामा विराटनगरका दुई छात्राले ४ जीपीएमा ४ नै ल्याएका छन् ।

सामुदायिक विद्यालयकी छात्राले ल्याइन् ४ जीपीए

अंग्रेजी माध्यमवाट पढाई हुने विराटनगरको सामुदायीक स्कुल पोखरीया माध्यामिक विद्यालयकी समीक्षा नेपाल र एभरेष्ट बोर्डिङ स्कुलकी कृतिका थापाले ४ जीपीए ल्याएका हुन् । परीक्षा नियन्त्रण कार्यालयले सार्वजनीक गरेको नतिजा अनुसार ४ जीपीएमा ४ नै ल्याउने मुलुक भरीमा २४ जना छन् ।


समीक्षाको भविष्यमा कम्प्युटर इन्जिनियर बन्ने धोको छ । उनका बाबु अर्जुन नेपाल सुनसरीको बर्जु गाउँपालिकाका सचिव र आमा सविता गृहणी हुन् । नेपाल परिवारका ५ छोरी मध्ये समीक्षा कान्छी हुन् । उनका अरु चार दिदी सबैले ब्याचलर गरिसकेका छन् । आमा सविताले भनिन्, ‘कृतिका घरमा कसैले कर नगरी आफैँ पढ्न बस्थिन् । ’


विद्यालय समय बाहेक घरमा हरेक दिन विहान बेलुका ५ घण्टा पढ्ने समीक्षालाई आफ्ना चार दिदीहरुको पढाईले पनि मेहनत गरेर पढ्न उत्साहित गरेको पाइएको छ । ‘घरमा सबै पढ्ने भएपछि मपनि विहान बेलुका नियमित पढ्न बस्थेँ । ’ उनले भनिन् , ‘विद्यालयको सिकाई र घरमा गरेको मेहनत नै आफ्नो सफलताको मार्ग हो ।’


अहिलेसम्म एक दिनपनि ट्यिूसन नपढेको बताउने समीक्षाले एसईईको पूर्वसन्ध्यामा विद्यालयले सञ्चालन गरेको तीन महिने कोचिङ पढेकी थिइन् । ‘बाबा आमाले चारवटी दिदीहरुलाई जित्नेगरी पढ है कान्छी भन्नु हुन्थ्यो ।’ उनले भनिन्, ‘मैलेपनि उहाँहरुको आदेश अनुसार मेहनत गर्दा नसोचेको सफलता पाएँ । ’

उनलाई जीपीए ४ मा ४ नै आउने कल्पना थिएन । उनले भनिन्, ‘ए प्लस चाही पक्कै आउँछ भन्ने लागेको थियो, तर जीपीए ४ मा ४ नै आउँछ भन्ने सोचेको पनि थिएन । ’ उनको सिम्बल नम्बर ८०९०१०४ ‘एफ’ हो ।


विद्यालयका प्राचार्य खेमराज भट्टराईले समीक्षाको अध्ययन सबै विषयमा अब्बल थियो । उनी कक्षामा आफ्ना सहपाठीहरुलाई पनि सिकाउँथिन । उनले भने, ‘समीक्षा कै कारण यो विद्यालयले आफ्नो इतिहासमै पहिलोपटक उत्कृष्ट नतिजा ल्यायो । यो विद्यालयबाट २०७४ मा २ सय ५१ जनाले एसईई दिएकोमा ७२ जनाले ए प्लस ल्याएका छन् । ’ भट्टराईका अनुसार ८८ जनाले ए र ४२ जनाले बी प्लस ल्याएका हुन् । त्यसैगरी बाँकी ३९ जनाले सी प्लस र सी ग्रेड ल्याएका छन् ।


एभरेष्ट बोर्डिङ स्कुलबाट ४ जीपीए ल्याएकी कृतिका थापाको भविष्यमा डाक्टर बन्ने लक्ष्य छ । उनले अहिले सम्म ट्यिूसन पढेकी छैनन् । विद्यालयको पढाई र घरमा आफूले गरेको मेहनतकै कारण सफलता मिलेको उनको भनाई छ । ‘ट्यिूसन पढ्दैमा टप होइन्छ भन्ने मलाई लाग्दैन थियो । ’ उनले भनिन्, ‘पढाई सम्बन्धी विद्यालय र घरको कडा अनुशासनले नै मलाई मेहनती बनाउँदा यो सफलता मिल्यो ।’


सिम्बल नम्बर ९७६५९ ‘सी’ भएकी कृतिका राती कहिल्यै पनि १० बजे अगाडि र त्यसभन्दा पछाडि नसुतेको बताइन् । बेलुका स्कुलबाट घर गएपछि आधा घण्टा रेष्ट गरेपछि साँझ ८ बजे कोठाबाट खाना खान निस्कन्थिन् ।

उनका दाजु केशवका अनुसार त्यसपछि आधा घण्टा रेष्ट गरेर ठिक १० बजे सुत्थी । विहान हरेक दिन ६ बजे उठ्ने कृतिका उठेपछि कम्तिमा अढाई घण्टा पढेर विद्यालय जाने गरेको उनका दाजूले बताए ।

प्रकाशित : असार १०, २०७५ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?