कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

दाहालको तस्बिर सगरमाथा शिखरमा

कुम्भराज राई

ओखलढुंगा — सगरमाथा शिखरमा अनेकन किर्तिमानी कायम हुने गरेका छन् । शिखरमा पुग्नु आफैंमा एउटा किर्तिमान हो । धेरैजसोले आफ्नो देशको झण्डा शिखरमा पुर्‍याएर फहराउने गर्छन् । तर त्यहाँ नपुगेपनि पुग्न पाए हुन्थ्यो भन्ने इच्छा धेरैमा हुनेगर्छ ।

दाहालको तस्बिर सगरमाथा शिखरमा

यस्तै इच्छा नेता नेकपाका अध्यक्ष पुष्पकमल दाहालको पनि देखियो । यसैवर्षको आरोहण सिजनमा नेपाल कम्यूनिष्ट पार्टीका नेता पुष्पकमल दाहालको तस्बिर पनि सगरमाथा शिखरमा पुर्‍याइएको छ । झापाका आरोही अनिश लुईंटेलले वैशाख ३१ गते सोमबारका दिन प्रचण्डको तस्बिर सगरमाथा शिखरमा पुर्‍याएका थिए । दाहाल स्वयंले अनिशलाई पार्टीको झण्डा र तस्बिर आरोहण जानु पूर्व हस्तान्तरण गरेका थिए ।


‘म आरोहणबाट फर्किए लगत्तै संयुक्त रुपमै सार्वजनिक गर्ने नेता उहाँको इच्छा थियो,’ आरोही लुईंटेलले भने, ‘तर उहाँको व्यस्तताले गर्दा पत्रकार सम्मेलन गर्न सकिएन र उनको अनुमतिले अहिले सार्वजनिक गरेको हुँ ।’ आरोहण जानुअघि प्रचण्डलाई भेट्ने क्रममा दुवैजनाको इच्छा अनुसार नै तस्बीर र झण्डा लगेको उनले बताए ।


तिब्बती मोहडाबाट सगरमाथा आरोहण गरेका लुईटेलले दुईवर्ष अघि पनि नेपाली मोहडाबाट आरोहण गरेका थिए । त्यतिखेर उनले नेपालको संविधान २०७२ लाई सगरमाथा शिखरमा पुर्‍याएका थिए ।


तत्कालीन प्रधानमन्त्री केपी ओलीको हातबाट संविधान लिई गएका लुईटेलले सो संविधान र राष्ट्रिय झन्डा ओलीलाई नै हस्तान्तरण गरेका थिए । उनी नेपाल स्काउटका तर्फबाट सगरमाथा आरोहण गर्ने पहिलो नेपाली पनि हुन् ।


तस्बिर सौजन्य : अनिश लुईंटेल


प्रकाशित : असार ११, २०७५ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?