कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

करिब एक हजार ७०० कर्मचारी कारबाहीका लागि सिफारिस

रासस

काठमाडौँ — राष्ट्रिय सतर्कता केन्द्रले समयमा कार्यालय नआउने र पोशाक नलगाउने करिब एक हजार ६ सय ६८ कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेको छ । 

करिब एक हजार ७०० कर्मचारी कारबाहीका लागि सिफारिस

केन्द्रले आर्थिक वर्ष २०७४/७५ मा ८ सय १९ कार्यालयको अनुगमन गर्दा समय पालना नगर्ने र पोशाक नलगाउने एक हजार ६ सय ६८ कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरिएको केन्द्रका सहायक प्रवक्ता डोलनाथ अर्यालले जानकारी दिए ।


उनका अनुसार कारबाहीको सिफारिसमा परेकामध्ये समय पालना नगर्ने एक हजार १ सय १९ जना र पोशाक नलगाउने ५ सय ४९ जना रहेका छन् ।


कारबाही सिफारिसमा परेकामध्ये सिंहदरबारभित्र रहेका मन्त्रालयका कर्मचारी सबैभन्दा बढी रहेका छन् ।


उपसचिवसमेत रहेका अर्यालका अनुसार सिंहदरबारका ४३ वटा कार्यालयमा गरिएको अनुगमनमा १ सय ८८ जना समय पालना नगर्ने र २ सय ८० जना पोशाक नलाउने परेका छन् ।


समय पालना नगर्ने र पोशाक नलगाउने कर्मचारीलाई सम्बन्धित कार्यालय प्रमुखलाई कारबाही गर्न निर्देशन दिइएको बताइएको छ । उनका अनुसार स्पष्टिकरण सोध्ने, सचेत गराउने र नसिहत दिनेसम्मका कारबाही गर्न सिफारिस गरिएको बताए ।

प्रकाशित : असार ११, २०७५ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?