कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

गृहमन्त्री अनुपस्थित हुँदा संसद १० मिनेट स्थगित

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापा समयमै नपुग्दा सोमबार संसदको बैठक १० मिनेट स्थगित भएको छ । 

गृहमन्त्री अनुपस्थित हुँदा संसद १० मिनेट स्थगित

विनियोजन विधेयकमाथिको छलफलका क्रममा सोमबार गृह, उर्जा लगायतका मन्त्रालयमाथि सांसदहरुले बोल्ने कार्यसूची थियो । तर सम्बन्धित मन्त्रालयका मन्त्री नै नभएको अवस्थामा संसदमा बोल्नुको औचित्य नहुने भन्दै कांग्रेस सांसदहरुले आपत्ति जनाएपछि सभामुख कृष्णबहादुर महरालले बैठक नै स्थगित गर्नुपरेको थियो ।


बिहान ११ बजे निर्धारित समयमा बैठक सुरु भएपछि सभामुखले छलफलमा भाग लिने सांसदहरुको नाम बोलाउन थालेका थिए ।

तर, मन्त्री नभएको बैठकमा छलफल नहुने भन्दै कांग्रेस सांसदहरुले नियमापत्ति गरे । त्यसपछि सभामुख महराले गृहमन्त्री थापा ‘ट्राफिक जाम’मा परेको र केहीबेरमै आईपुग्ने भन्नै सांसदहरुलाई बस्न आग्रह गरेका थिए ।


विपक्षी सांसदहरुले मन्त्री बिना छलफल अघि नबढ्ने अडान राखेपछि महाराले १० मिनेटका लागि बैठक रोके । थापा संसदमा आइपुगेपछि बैठक पुन: सञ्चालन भयो ।

विपक्षी सांसदले मन्त्रीको खोजी गरेपछि सभामुख महराले उनीहरुलाई मनाउन ‘ट्राफिक जाम’ मा परेको बताए पनि त्यस समयमा मन्त्री थापा सिंहदरबारस्थित गृह मन्त्रालयमा आन्तरिक छलफलमा थिए ।


लागू औषध दिवस सम्बन्धि कार्याक्रमको बिषयमा विभागीय अधिकारीहरुसँग उनी छलफल गरिरहेका थिए । छलफल लम्बिदा थापा संसदमा पुग्ने समय घर्किसकेको थियो । संसद नै रोकिने अवस्था बनेपछि थापा बैठकमा पुगेका थिए ।

प्रकाशित : असार ११, २०७५ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?