१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७
समाचार

News

पुरुषले पनि नर्सिङ पढ्न पाउने

अब पुरुषले पनि नर्स बन्न पाउने भएका छन् । नर्सिङ शिक्षामा पुरुषलाई विभेद गर्न नहुने माग उठिरहेका बेला सरकारले यस्तो निर्णय गरेको हो । नेपाल नर्सिङ परिषद्ले आर्थिक वर्ष २०७५/७६ देखि नर्सिङ अध्ययन हुने सबै कलेजमा १५ प्रतिशत पुरुषलाई पढाउने भएको छ । अन्य मेडिकल प्रोफेसनमा पुरुष र महिला सबैले पढ्न पाउने अधिकार भए पनि करिब २५ वर्षदेखि नर्सिङमा महिलाले मात्र यो अवसर पाएका थिए ।

पुरुषले पनि नर्सिङ पढ्न पाउने

निर्दोष टीकाराम अझै छुटेनन् 

साउदी अरबको जिजानस्थित तल्लो अदालतले निर्दोष प्रमाणित गरेको एक वर्ष बितिसक्दा पनि चितवनका टीकाराम सापकोटा जेलबाट छुटेका छैनन् । खैरेनी–१३, चितवनका सोमप्रसाद सिलवालको हत्या अभियोगमा सापकोटा चार वर्षदेखि जिजान जेलमा थुनिएका छन् । 

निर्दोष टीकाराम अझै छुटेनन् 

घरजग्गा खाली गर्न प्रेरणालाई ट्रष्टको ताकेता

काठमाडौं महानगरपालिका-१३ छाउनीमार्गमा १५ रोपनीमा बनेको घर र जग्गा खाली गर्न तत्कालीन राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी सिंहलाई पत्र पठाइएको छ । 

घरजग्गा खाली गर्न प्रेरणालाई ट्रष्टको ताकेता

नेपाल ट्रष्टद्वारा छाउनीस्थित एक घरमा तालाबन्दी

नेपाल ट्रष्टको कार्यालयले काठमाडौं महानगरपालिका-१३, छाउनीस्थित एक घरमा ताला लगाएको छ । २ रोपनी १३ आना १ दाम १ पैसा (१४४० वर्ग मिटर) जग्गाको कम्पाउन्डमा बनेको घरको मूल गेटमा मंगलबार दिउँसो ट्रस्टले वडा कार्यालय र नेपाल प्रहरीको रोहबरमा तालाबन्दी गरेको हो । उक्त घर जुनी थापाको नाममा रहेको ट्रष्टको कार्यालयले जनाएको छ ।

नेपाल ट्रष्टद्वारा छाउनीस्थित एक घरमा तालाबन्दी

गिद्धका लागि सहयोग जुटाइदिन आग्रह

‘गिद्ध संरक्षण राष्ट्रिय सञ्जाल’ ले पर्यटन प्रवर्द्धनमा मुख्य भूमिका खेलेको जटायु रेस्टुरेन्टको दिगो सञ्चालन र पूर्वाधार विकासका लागि सहयोग जुटाइदिन वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग आग्रह गरेको छ ।

गिद्धका लागि सहयोग जुटाइदिन आग्रह

९ हजार विद्यार्थीको नतिजा उल्टियो

एसईई नतिजा प्रकाशनमा परीक्षा नियन्त्रण कार्यालयको त्रुटिले समग्र नतिजा नै परिवर्तन भएको छ । त्रुटि पत्ता लगाएपछि ९ हजार ६४ विद्यार्थीको ग्रेडसिटमा जीपीए थपघट भएको छ ।

९ हजार विद्यार्थीको नतिजा उल्टियो

दाहालको सिंगापुर बसाइ लम्बियो

नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको सिंगापुर बसाइ अझै एक साता लम्बिने भएको छ । श्रीमती सीता दाहालको उपचारका लागि साताअघि दाहाल सिंगापुर गएका थिए । 

दाहालको सिंगापुर बसाइ लम्बियो

प्रधानमन्त्रीको भेटघाट : सांसदसँग साप्ताहिक, कार्यकर्तासँग पाक्षिक

प्रधानमन्त्री केपी ओलीले निश्चित दिन तोकेर मात्र दलका कार्यकर्ता र सांसदहरुलाई भेट्ने भएका छन् । पार्टी संसदीय दलको नेता, पार्टीको अध्यक्षसमेत भएकाले प्रधानमन्त्रीको भेटघाटलाई व्यवस्थित गराउन निश्चित दिन तोकिएको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको भेटघाट : सांसदसँग साप्ताहिक, कार्यकर्तासँग पाक्षिक

५० हजार पाउन २० हजार खर्च

कुशे गाउँपालिका-८, जिन्तालाका लछु शाही मुहान सुधार उपभोक्ता समिति अध्यक्ष हुन् । ५० हजार लागतको उक्त योजनाको सम्झौता र भुक्तानी पाउन उनीलगायत ३ जनालाई सदरमुकाम खलंगामा ७ दिन कुर्नुपर्‍यो । शाहीको टोलीलाई खलंगामा दैनिक २ हजारका दरले खान खर्च मात्र १४ हजार लाग्यो ।

५० हजार पाउन २० हजार खर्च

स‌ंविधानसँग बाझिएका कानुनबारे अध्ययन भइरहेको कानुनमन्त्रीको भनाइ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सार्वजनिक पदमा रहेका व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने विधेयकको तयारी भइरहेको जानकारी दिएका छन् । 

स‌ंविधानसँग बाझिएका कानुनबारे अध्ययन भइरहेको कानुनमन्त्रीको भनाइ

लागूऔषधविरुद्ध संयुक्त आन्दोलन चलाउन आवश्यकः गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले लागूऔषध प्रयोग र यसको ओसारपसारविरुद्ध दलहरुले संयुक्त आन्दोलन चलाउन आवश्यक रहेको बताएका छन् । 

लागूऔषधविरुद्ध संयुक्त आन्दोलन चलाउन आवश्यकः गृहमन्त्री

इन्टरनेट सेवा शुल्क कम गर्छौं : सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले इन्टरनेट सेवा शुल्क अन्य मुलुकभन्दा नेपालमा सस्तो रहेको र मोबाइल इन्टरनेट सेवा शुल्क अन्य मुलुकभन्दा बढी भए पनि कम गर्दै लैजाने बताएका छन् । 

इन्टरनेट सेवा शुल्क कम गर्छौं : सञ्चारमन्त्री

हेलिकप्टरबाट सुत्केरीको उद्धार

बसन्तपुर-म्याङलुङ २६ किलोमिटर सडक हिलाम्मे भएर सवारी साधन नचलेपछि म्याङलुङ नगरपालिका–५ अम्फुवाकी २७ वर्षीया दिलु लिम्बूलाई मंगलबार हेलिकप्टर चार्टर गरी उपचारका लागि काठमाडौं लगिएको छ ।

हेलिकप्टरबाट सुत्केरीको उद्धार

साँसदहरुद्वारा प्रधानमन्त्री कार्यालयको खर्च कटौती गर्न माग

सांसदहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपति कार्यालयमा विनियोजन गरिएको बजेट आवश्यकताभन्दा बढी भएको भन्दै खर्च कटौतीको माग गरेका छन् ।

साँसदहरुद्वारा प्रधानमन्त्री कार्यालयको खर्च कटौती गर्न माग

प्रेमीसँग मिलेर श्रीमान्‌काे हत्या 

कञ्चनपुरको पुर्नवास घर भएका २४ वर्षीय तेजबहादुर बिष्टकाे कैलालीको भासु भीरबाट खसालेर हत्या भएको छ । उनकी २१ वर्षीया श्रीमती लक्ष्मी बडैलाले २४ वर्षीय प्रेमी दिपक खत्रीस‌ंग मिलेर बिष्टको हत्या गरेकी हुन । 

प्रेमीसँग मिलेर श्रीमान्‌काे हत्या 

चीन भ्रमणबारे संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन

छिमेकी मुलुक चीनको ६ दिने औपचारिक भ्रमण गरेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भ्रमणबारे मंगलबार संसदलाई जानकारी गराइरहेका छन् ।

चीन भ्रमणबारे संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन

कानुन व्यवसायीद्वारा राजविराज इजलास बहिष्कार 

कानुन व्यवसायीहरुले उच्च अदालत जनकपुरको राजविराज इजलास बहिष्कार गरेका छन् । अदालतबाट भएका फैसला र इजलास न्यायसंगत नभएको भन्दै मंगलबार अदालतकाे राजविराज इजलास बहिष्कार गरेका हुन । 

कानुन व्यवसायीद्वारा राजविराज इजलास बहिष्कार 

बाग्लुङमा पहिरोले घर पुरिदाँ ३ जनाको मृत्यु

बरेङ गाउँपालिका–१ धुल्लुबाँस्कोटको लुरुङमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ । सोमबार राति साँढे ११ बजे माथिबाट खसेकाे पहिराेले स्थानीय ४० वर्षीय बिष्णुबहादुर घर्तीको घर पुरिदाँ घर्ती, उनकी ३५ वर्षीय श्रीमती बिष्णु घर्ती र ६ महिनाकी छोरी सोनिया खत्रीको घटनास्थलमै मृत्यु भएको हो ।

बाग्लुङमा पहिरोले घर पुरिदाँ ३ जनाको मृत्यु

मुक्त घोषणा गाउँमै छाउपडी

मुक्त घोषणा गरिएका यहाँका विभिन्न गाउँमा छाउपडी प्रथा कायमै छ । गुटु, बाबियाचौर, तातापानीलगायत पश्चिम सुर्खेतका आधा दर्जन गाउँलाई मुक्त घोषणा गरिए पनि छाउपडी बार्ने चलनमा कमी नआएको हो ।

मुक्त घोषणा गाउँमै छाउपडी

नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

नारायणगढ–मुग्लिन सडकमा फेरि पहिराे खस्दा मंगलबार बिहानैदेखि यातायात संचालन हुन सकेकाे छैन । चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार बिहान पाँच बजे जलबिरे, कालिखोला लगायतका क्षेत्रहरुमा ठूलो पहिरो गएको छ ।

नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

राजमार्गमा उद्धार सामग्रीकै अभाव

२०७२ माघ १६ मा बेनीघाट चरौंदीको एक घरमा मध्यरातमा आगलागी भयो । पूर्वाधार अभावमा आगलागी नियन्त्रणमा लिनै सकिएन । दिउँसो छोरी अन्माएका घरधनी किशोर थपलियासहित अन्य पाहुना र आफन्त गरी ४ जनाले सुतिरहेकै अवस्थामा ज्यान गुमाए ।

राजमार्गमा उद्धार सामग्रीकै अभाव

नेपाल आएनन् जापानी विदेशमन्त्री

एसिया भ्रमणमा रहेका जापानी विदेशमन्त्री तारो कोनोको भ्रमण सूचीमा नेपाल भए पनि उनी भुटानबाटै थाइल्यान्डतिर लागेका छन् । भ्रमणको तयारी गर्दैगर्दा उनी नेपाल नआउने जानकारी परराष्ट्र मन्त्रालयले पाएको हो ।

नेपाल आएनन् जापानी विदेशमन्त्री

समुदायले बनाए क्यान्सर अस्पताल

समुदायको सक्रियतामा एक दशकअघि बाँकेको खजुरामा स्थापना गरिएको क्यान्सर अस्पताल सोमबारदेखि सञ्चालनमा आएको छ । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अस्पतालको उद्घाटन गरे ।

समुदायले बनाए क्यान्सर अस्पताल

कांग्रेस युवा नेताको आवाज : ‘७० नाघ्नुभयो, विश्राम लिनुस्’

नेतृत्व परिवर्तनको मुद्दा उठ्न थाल्ने बित्तिकै कांग्रेस सभापति शेरबहादुर देउवा कहिले मलेसीयाका प्रधानमन्त्री महाथिर मोहम्मदको उदाहरण दिन्छन् त कहिले ज्योतिषले ७ पटक प्रधानमन्त्री हुने भविष्यवाणी गरेको प्रसंग ल्याउँछन् । 

कांग्रेस युवा नेताको आवाज : ‘७० नाघ्नुभयो, विश्राम लिनुस्’

एसईईमा लापरबाही कसको ?

शिक्षाविद् र सरोकारवालाले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा लापरबाही गर्ने परीक्षा नियन्त्रण कार्यालयका जिम्मेवार अधिकारीमाथि कडा कारबाही माग गरेका छन् । परीक्षाफलजस्तो संवेदनशील विषयमा खेलबाड गरेर कार्यालयले लाखौं विद्यार्थी र अभिभावकलाई मनोवैज्ञानिक तनाव दिएको उनीहरूले बताएका छन् ।

एसईईमा लापरबाही कसको ?