कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

रमेशकुमार पौडेल

चितवन — नारायणगढ–मुग्लिन सडकमा फेरि पहिराे खस्दा मंगलबार बिहानैदेखि यातायात संचालन हुन सकेकाे छैन । चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार बिहान पाँच बजे जलबिरे, कालिखोला लगायतका क्षेत्रहरुमा ठूलो पहिरो गएको छ ।

नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

पहिरो हटाउँन कम्तिमा चार घण्टा लाग्ने अनुमान गरिएकाे छ । अाइतबार राति पनि ३ ठाँउमा पहिरो खस्दा साेमबार दिउँसाेसम्म यातायात अबरुद्ध भएकाे थियो । साेमबार दिउँसाे यातायात स‌ंचालनमा ल्याए पनि राति पहिराे खसेर फेरि सडक अबरुद्ध भएकाे हाे ।

मुख्य राजमार्ग बन्द हुँदा राजधानी र पोखरा अाउन जान समस्या भएकाे छ । प्रहरीले यात्रुहरुलाई वैकल्पिक मार्ग अपनाउन अनुरोध गरेको छ ।

प्रकाशित : असार १२, २०७५ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?