कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बाग्लुङमा पहिरोले घर पुरिदाँ ३ जनाको मृत्यु

प्रकाश बराल

बागलुङ — बरेङ गाउँपालिका–१ धुल्लुबाँस्कोटको लुरुङमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ । सोमबार राति साँढे ११ बजे माथिबाट खसेकाे पहिराेले स्थानीय ४० वर्षीय बिष्णुबहादुर घर्तीको घर पुरिदाँ घर्ती, उनकी ३५ वर्षीय श्रीमती बिष्णु घर्ती र ६ महिनाकी छोरी सोनिया खत्रीको घटनास्थलमै मृत्यु भएको हो ।

बाग्लुङमा पहिरोले घर पुरिदाँ ३ जनाको मृत्यु

घटनाको सूचना पाउनासाथ ईलाका प्रहरी कार्यालय बरेङका सहायक निरिक्षक मंगल नेपालीको नेतृत्वमा गएको उद्दार टोलीले मंगलबार बिहान मात्र शव निकालेको प्रहरी नायब उपरीक्षक विश्वराज सिंह थापाले बताए । खत्रीका दुई छोरी काम बिशेषले जिल्ला बाहिर गएकोले बाँचेका छन् ।


उनीहरुका गाेठमा रहेका पशुचौपाया पनि पुरिएर मरेका छन् । इलाका प्रहरी कार्यालय बरेङका प्रहरी र स्थानीय उद्धारमा जुटेका छन् । लुरुङमै अन्य २ घर र ३ गोठ पनि पुरिएका छन् । घटनास्थलमा पुगेर उद्दारको काम गर्न गाउँले र प्रहरीको टोली विभिन्न स्थानमा बाँडिएको वडा नं. २ का अध्यक्ष गुप्तप्रसाद कालाले बताए ।


सोमबार रातीको बर्षाले गलकोट नगरपालिकाको विभिन्न स्थानमा पहिरो खस्दा धेरै क्षति भएको नगर प्रमुख भरत शर्मा गैह्रेले बताए । ‘घटनास्थलमा जाने बाटो पनि छैन,’ गैहैले भने, ‘उद्दारमा खटिएका युवाहरुलाई पनि सास्ती भएको छ ।’ जनप्रतिनिधिहरुलाई पनि टाेलीमा बाँडेर खटाएको उनले बताए ।


पहिरोले मध्यपहाडी लोकमार्गको नरेठाँटीमा सडक बगाएको छ । नरेठाँटी खोलाले आउजाउ गर्न कठिन भएकोले पहिरो पन्छाएर यातायात चलाउने प्रयास भैरहेको छ। खोलाले बहाव परिवर्तन गर्दा दर्जनबढी घरमा क्षति पुगेको छ । पशुचौपायाहरु बगाएको र केही मरेको गैह्रेले टेलिफोनमा बताए ।


हरिचौरमा खोला बढेर आउँदा इलाका प्रहरी कार्यालयको प्रतिक्षालय समेत बगाएको छ । ठाउँठाउँमा खसेका पहिरोले आवतजावतमा समस्या भएको वडा अध्यक्ष बिरजंग भण्डारीले बताए । पहिरो र बाढीले गलकोट–७ को दिपज्योती आधारभूत विद्यालयको मैदान बगाएको छ । बाढी र पहिरोले हरिचौरस्थित कौलेनी टेउवा मोटरबाटो अवरुद्ध भएको छ ।

प्रकाशित : असार १२, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?