प्रेमीसँग मिलेर श्रीमान्‌काे हत्या 

मोहन बुढाऐर

धनगढी — कञ्चनपुरको पुर्नवास घर भएका २४ वर्षीय तेजबहादुर बिष्टकाे कैलालीको भासु भीरबाट खसालेर हत्या भएको छ । उनकी २१ वर्षीया श्रीमती लक्ष्मी बडैलाले २४ वर्षीय प्रेमी दिपक खत्रीस‌ंग मिलेर बिष्टको हत्या गरेकी हुन । 

प्रेमीसँग मिलेर श्रीमान्‌काे हत्या 

जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक बिष्टलाई लक्ष्मीले माइती घर कैलालीको गोदावरी नगरपालिको ओलानीमा बोलाएर भीमदत्त राजमार्गको भासुभीरमा लगेर दिपक खत्रीको सहयोगमा कुटपिट गरि भीरबाट खसालेर हत्या गरेको खुलेको हो ।


‘मृतककी आमाले बिष्ट माइती घर ओलानीबाट बेपत्ता भएको निवेदन शुक्रबार जिल्ला प्रहरीमा दिएको थियो,’ प्रहरी उपरीक्षक एसपी बिनोद घिमिरेले भने, ‘खोजतलास गर्ने क्रममा प्रहरीको अनुसन्धानमा श्रीमती लक्ष्मीलाई पक्राउ गरि सोधपुक्ष गर्दा हत्या गरेको खुलेको हो ।’


लक्ष्मीले आफ्नो प्रेमी खत्रीको सहयोगमा श्रीमान्लाई कुटपिट गरेर बेहोस अवस्थामा भीरबाट खसालेको स्वीकार गरेको एसपी घिमिरेले बताए । मंगलबार भीरको खोलामा शव फेला परेको छ । प्रहरीले दिपक र लक्ष्मीलाई पक्राउ गरि कर्तब्य ज्यान अन्र्तगत मुद्दा चलाउने जनाएको छ ।

प्रकाशित : असार १२, २०७५ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?