कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

११ घण्टापछि खुल्यो नारायणगढ मुग्लिन सडक 

रमेशकुमार पौडेल

चितवन — पहिरोका कारण बिहान ५ बजेबाट अवरुद्ध नारायणगढ मुग्लिन सडक करिब ११ घण्टापछि अपरान्ह चार बजेबाट खुलेको छ । 

११ घण्टापछि खुल्यो नारायणगढ मुग्लिन सडक 

नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार पहिरो सफा भएपछि दुईतर्फी नै गाडी खुलेका छन् । तर लेन मिचेर बाटोमा जथाभावी गाडी राखेका कारण यातायात सहज रुपमा सञ्चालन हुन केही कठिनाइ हुने अवस्था छ ।


मुग्लिन नजिक टोपे खोलाको आडमा नाम्ची नजिक पहिरो गएको थियो । बिहान ९ बजेदेखि नै गाडी सञ्चालन गर्ने तयारी गरे पनि पहिरो ठूलो भएका कारण समय लागेको सुचना अधिकारी खनालले बताए ।


यो पहिरो यस वर्षकै ठूलो हो । तीन वर्षदेखि नारायणगढ मुग्लिन सडकमा विस्तारको काम भइरहेको छ । बाटो फराकिलो बनाउन ठाउँ ठाउँमा पहाड काटेका कारण वर्षा लागेसँगै पहिरो खस्ने समस्या सुरु हुन्छ ।


यो सडकमा लगातार ४२ घण्टासम्म पहिरोका कारण बाटो अवरुद्ध भएको छ । सडक निर्माणको काम लगभग सकिए पनि वर्षायाममा पहिरोले सताउने सम्भावना बढेर गएको छ ।


दुई महिनाअघि पहिरो नियन्त्रणको काम पनि सुरु भएको छ । यो सडक राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने मुख्य मार्ग हो । यसलाई राजधानी काठमाडौंको जिवन रेखा (लाईफ लाइन)पनि भनिन्छ ।

प्रकाशित : असार १२, २०७५ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?