१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

स‌ंविधानसँग बाझिएका कानुनबारे अध्ययन भइरहेको कानुनमन्त्रीको भनाइ

काठमाडौँ — कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सार्वजनिक पदमा रहेका व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने विधेयकको तयारी भइरहेको जानकारी दिएका छन् । 

स‌ंविधानसँग बाझिएका कानुनबारे अध्ययन भइरहेको कानुनमन्त्रीको भनाइ

आफ्नो कार्यकाल सय दिन पुगेको अवसरमा मंगलबार पत्रकार सम्मेलन गरेर मन्त्री तामाङले मन्त्रालयले गरेको प्रगति सुनाएका हुन् । उनले अदालतको कतिपय अन्तरिम आदेश, धरौटीका आदेशमाथि न्याय परिषद्‌मा अध्ययन हुने र परिषद् करसम्बन्धी मुद्दामा संवेदनशील भएको बताए ।


न्यायपरिषद्ले कतिपय संवेदनशील उजुरी अध्ययन गरिरहेको उल्लेख गर्दै मन्त्री तामाङले स‌ंविधानसँग बाझिएका कानुनबारे पनि अध्ययन भइरहेको जानकारी दिए ।


प्रकाशित : असार १२, २०७५ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?