२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

प्रधानमन्त्रीको भेटघाट : सांसदसँग साप्ताहिक, कार्यकर्तासँग पाक्षिक

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले निश्चित दिन तोकेर मात्र दलका कार्यकर्ता र सांसदहरुलाई भेट्ने भएका छन् । पार्टी संसदीय दलको नेता, पार्टीको अध्यक्षसमेत भएकाले प्रधानमन्त्रीको भेटघाटलाई व्यवस्थित गराउन निश्चित दिन तोकिएको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको भेटघाट : सांसदसँग साप्ताहिक, कार्यकर्तासँग पाक्षिक

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार प्रधानमन्त्री ओलीले पार्टीका सांसदहरुलाई हरेक शुक्रबार दिउँसो ३ देखि ५ बजे सिंहदरबारमा भेट्नेछन् ।


प्रदेशगत रुपमा सांसदहरुसँग भेट्ने व्यवस्था मिलाइएको अर्यालले जनाए । त्यस्तै पार्टीका कार्यकर्ताहरुसँग प्रत्येक महिनाको १ र १५ गते भेट्ने गरी कार्यतालिका बनाइएको छ । ओलीले महिनाको १ गते दिउँसो ११ बजेदेखि १ बजेसम्म धुम्बाराही र महिनाको १५ गते पेरिसडाँडास्थित कार्यालयमा भेटघाट गर्ने तय भएको छ ।


प्रकाशित : असार १२, २०७५ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?