कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

दाहालको सिंगापुर बसाइ लम्बियो

काठमाडौँ — नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको सिंगापुर बसाइ अझै एक साता लम्बिने भएको छ । श्रीमती सीता दाहालको उपचारका लागि साताअघि दाहाल सिंगापुर गएका थिए । 

दाहालको सिंगापुर बसाइ लम्बियो

दाहालको स्वास्थ्यमा सुधार भइरहेको तर थप चेकअप गर्नुपर्ने भएकाले बसाइ लम्बिएको भतिजा समीर दाहालले जानकारी दिए । छोरा प्रकाश दाहालको निधनपछि सीताको स्वास्थ्यमा समस्या थपिन थालेको थियो । निद्रा नलाग्ने, तागत नहुनेलगायत समस्या बढिरहेका छन् ।


पछिल्लो समय अन्य समस्या पनि भएको आशंका चिकित्सकले गरेपछि दाहाल परिवार सिंगापुर पुगेको हो । यसअघि पनि सीताको दिल्लीमा उपचार भएको थियो ।

बुवा–आमासँगै सिंगापुर गएर स्वदेश फर्केकी छोरी गंगाले आमाको ‘वाटर थेरापी’ मार्फत उपचार भइरहेको र चिकित्सकको प्रत्यक्ष निगरानीमा औषधि सेवन गरिरहेको जानकारी दिइन् ।

प्रकाशित : असार १२, २०७५ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?