तरुण दलले विरोध सभा गर्ने

काठमाडौँ — कांग्रेस भ्रातृसंस्था तरुण दलले जनजीविकाको प्रश्न उठाउँदै बुधबार राजधानीमा विरोध र्‍याली गर्ने भएको छ ।

तरुण दलले विरोध सभा गर्ने

दलका अध्यक्ष जितजंग बस्नेतले सरकारको सर्वसत्तावादको विरोधमा र्‍याली गर्न लागिएको बताए । उनका अनुसार मूल्यवृद्धि, महँगी, प्रेस हस्तक्षेप, अदालतको अपमान र भ्रष्टाचारको विरोधमा नाराबाजीसहित सहरका विभिन्न ठाउँमा र्‍याली निकालिनेछ । र्‍यालीपछि शान्तिबाटिकामा विरोधसभा हुने भएको छ ।


‘विरोधसभाका लागि हजारौं युवालाई सडकमा उतार्ने तयारी गरेका छौं,’ उनले भने, ‘सरकारको सर्वसत्तावाद रोक्न तरुण दलले देशभर नै आन्दोलन गर्नेछ ।’


प्रकाशित : असार १२, २०७५ १९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?