कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गंगामायाको स्वास्थ्य अवस्था गम्भीर बन्दै

अतुल मिश्र

काठमाडौँ — २८ दिनदेखि वीर अस्पतालमा अनसनरत गंगामाया अधिकारीको स्वास्थ्य अवस्था क्रमश: गम्भीर बन्दै गएको छ ।

गंगामायाको स्वास्थ्य अवस्था गम्भीर बन्दै

सर्वोच्च अदालतले जारी गरेको आदेशअनुसार छोरा कृष्णप्रसादको हत्यामा संलग्न अभियुक्तलाई पक्राउ गरिनुपर्ने उनको माग छ ।


अस्पतालका निर्देशक डा.भुपेन्द्र बस्नेतका अनुसार गंगामाया बीच बीचमा सलाइन लिने गरेपनि खाना नखाएकोले उनको स्वास्थ्य स्थिती क्रमश: गम्भीर बन्दै गएको हो ।


गंगामायाले रगत लगायतका अन्य परीक्षण समेत गराउन नमानेको डा.बस्नेतले बताए ।


आफू ५ वर्ष देखि बस्दै आएको वीर अस्पतालको १७ नम्बर क्याबिनमा जेठ १६ गते देखि उनी अनसनरत छन् ।


१३ वर्षअघि भएको कृष्णप्रसाद अधिकारीको हत्यामा न्याय पाउनुपर्ने माग राख्दै उनि निरन्तर आन्दोलन र अनशन बस्दै आएकी छन् ।

प्रकाशित : असार १२, २०७५ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?