गंगामायाको स्वास्थ्य अवस्था गम्भीर बन्दै

अतुल मिश्र

काठमाडौँ — २८ दिनदेखि वीर अस्पतालमा अनसनरत गंगामाया अधिकारीको स्वास्थ्य अवस्था क्रमश: गम्भीर बन्दै गएको छ ।

सर्वोच्च अदालतले जारी गरेको आदेशअनुसार छोरा कृष्णप्रसादको हत्यामा संलग्न अभियुक्तलाई पक्राउ गरिनुपर्ने उनको माग छ।

अस्पतालका निर्देशक डा.भुपेन्द्र बस्नेतका अनुसार गंगामाया बीच बीचमा सलाइन लिने गरेपनि खाना नखाएकोले उनको स्वास्थ्य स्थिती क्रमश: गम्भीर बन्दै गएको हो।

गंगामायाले रगत लगायतका अन्य परीक्षण समेत गराउन नमानेको डा.बस्नेतले बताए।

आफू ५ वर्ष देखि बस्दै आएको वीर अस्पतालको १७ नम्बर क्याबिनमा जेठ १६ गते देखि उनी अनसनरत छन्।

१३ वर्षअघि भएको कृष्णप्रसाद अधिकारीको हत्यामा न्याय पाउनुपर्ने माग राख्दै उनि निरन्तर आन्दोलन र अनशन बस्दै आएकी छन्।

प्रकाशित : असार १२, २०७५ १९:५४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रिय प्रत्यारोपण केन्द्रमा तेस्रो पटक कलेजो प्रत्यारोपण

अतुल मिश्र

भक्तपुर — शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले तेस्रो पटक कलेजो प्रत्यारोपण गरेको छ । शल्य चिकित्सामा कलेजो प्रत्यारोपणलाई जटिल मानिन्छ ।

करिब एक वर्ष सात महिनायता केन्द्रले तीन पटक कलेजोको प्रत्यारोपण गरी सकेको हो।

उक्त प्रत्यारोपण भारतको दिल्ली स्थित म्याक्स अस्पतालका प्रा डा सुभाष गुप्ताको नेतृत्वमा रहेको ९ सदस्सीय टोली र केन्द्रका निर्देशक एव‌ं वरिष्ठ मृगौला तथा कलेजो प्रत्यारोपण विशेषज्ञ डा।पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा रहेको १५ सदस्सीय टोलीले मिलेर गरेको हो।

आइतबार विहान सुरु भएको उक्त शल्यक्रिया १४ घन्टा सम्म चलेको थियो। प्रत्यारोपणमा काठमाडौं कपनका बद्री खडकालाई उनका श्रीमती रुसा खडकाले कलेजो दानमा दिएकी थिइन्। खडकालाइ क्रिप्टोजेनिक सिरोसिस भएकोले प्रत्यारोपण गरिएको हो।

'हामी थप कलेजो प्रत्यारोपणको लागि प्रयासरत छौँ , केन्द्रका निर्देशक डा.श्रेष्ठले भने,'मृगौला प्रत्यारोपणमा हाल केन्द्र स्थापित भए झै कलेजो प्रत्यारोपणलाई समेत अगाडि बढाइने छ।’

पहिलो कलेजो प्रत्यारोपणमा दक्षिण कोरियाली विशेषज्ञ र दोस्रो प्रत्यारोपणमा भारतको म्याक्स अस्पताल कै विज्ञले केन्द्रलाई सघाएको थियो।

प्रकाशित : असार ११, २०७५ १७:१७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT