२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

नेपाल ट्रष्टद्वारा छाउनीस्थित एक घरमा तालाबन्दी

काठमाडौँ — नेपाल ट्रष्टको कार्यालयले काठमाडौं महानगरपालिका-१३, छाउनीस्थित एक घरमा ताला लगाएको छ । 
२ रोपनी १३ आना १ दाम १ पैसा (१४४० वर्ग मिटर) जग्गाको कम्पाउन्डमा बनेको घरको मूल गेटमा मंगलबार दिउँसो ट्रस्टले वडा कार्यालय र नेपाल प्रहरीको रोहबरमा तालाबन्दी गरेको हो । उक्त घर जुनी थापाको नाममा रहेको ट्रष्टको कार्यालयले जनाएको छ ।

नेपाल ट्रष्टद्वारा छाउनीस्थित एक घरमा तालाबन्दी

ट्रष्टका कार्यकारी सचिव रमेशप्रसाद सिंहका अनुसार पटकपटक घर खाली गरिदिन ताकेता गर्दा पनि खाली नगरेपछि ताला लगाइएको हो ।


'हामीले घर खाली गरिदिन भन्दा अनेक बहानाबाजी गरिरहेपछि आज हामी पुग्यौं । हामी पुग्दा उहाँहरुले ताला लगाएर हिँडेपछि हामीले त्यही तालामाथि अर्को ताला लगाएर फर्क्यौं' सिंहले भने ।

प्रकाशित : असार १२, २०७५ २२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?