कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

घरजग्गा खाली गर्न प्रेरणालाई ट्रष्टको ताकेता

काठमाडौँ — काठमाडौं महानगरपालिका-१३ छाउनीमार्गमा १५ रोपनीमा बनेको घर र जग्गा खाली गर्न तत्कालीन राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी सिंहलाई पत्र पठाइएको छ । 

घरजग्गा खाली गर्न प्रेरणालाई ट्रष्टको ताकेता

प्रेरणाले उपभोग गर्दै आएको उक्त जग्गा सर्वोच्च अदालतले नेपाल ट्रष्टको भएको फैसला गरिसकेकोले ३५ दिनभित्र घर जग्गा खाली गर्न नेपाल ट्रष्ट कार्यालयका उपसचिव अशोकप्रसाद भट्टराईमार्फत पत्रचार गरिएको हो ।


ट्रष्टले उक्त घरजग्गा खाली गर्नका लागि तीन पटक ताकेता गरिसकेको बताएको छ । पहिलो पटक २०७२ भदौ ६ गते ३५ दिन, दोस्रो पटक ०७३ फागुन ५ मा ३० दिने र पछिल्लो पटक २०७५ वैशाख ६ गते सात दिने म्याद दिएर पत्रचार गरिएको थियो ।


पूर्वराजा शाहले छोरी प्रेरणालाई दाइजो दिएको जग्गा र त्यसमा बनेको घर नेपाल ट्रष्टमा गाभ्न २०६४ सालमा पुस १ गते सरकारले निर्णय गरेको थियो । ज्ञानेन्द्रले छोरीलाई दाइजो दिनुअघि उक्त घरजग्गा पूर्वराजा वीरन्द्रको नाममा थियो ।


सरकारको उक्त निर्णयविरुद्ध प्रेरणाले सर्वोच्च अदालतमा त्यो जग्गा आफूले दाइजोमा पाएको र सरकारले आफूलाई थाहै नदिई गरेको निर्णय बदर गरिपाउँ भन्दै २०७१ माघ २५ मा उनले रिट दिएकी थिइन् ।



यसअघि भूलवश तालाबन्दी समाचार प्रकाशित हुन गएकोमा सच्याइएको छ । - सम्पादक

प्रकाशित : असार १२, २०७५ २२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?