३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८
समाचार

News

विश्वस्त मेसी

निकै राहत महसुस गरिरहेका लियोनल मेसीले मंगलबार नाइजेरियासँग त्यो स्थिति भोग्नुपर्ने आस नगरेको बताएका छन् । तर आफू र टिमका साथीहरू विश्वकपको महत्त्वपूर्ण खेल जितेर अन्तिम १६ मा पुग्नेमा सधैं विश्वस्त रहेका थिए ।  

विश्वस्त मेसी

बजेट कटौतीपछि जातीय संस्थाहरू झोलामा, राउटेको संस्था नवीकरणसमेत हुन सकेन

सरकारले बजेट कटौती गरेपछि सूचीकृत आदिवासी जनजातिका सामाजिक संस्था झोलामा सीमित हुन थालेका छन् । ती संस्थाले कार्यालय व्यवस्थापनका निम्ति डेढ लाख रुपैयाँ पाउँदै आएका थिए ।

बजेट कटौतीपछि जातीय संस्थाहरू झोलामा, राउटेको संस्था नवीकरणसमेत हुन सकेन

प्रधानमन्त्री उद्धार कोषमा ४ अर्ब १६ करोड

पहिरो र बाढीलगायत विपद्‌मा परेर ज्यान गुमाउने व्यक्तिलाई राहत दिन र उद्धार कार्यका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ अर्ब १६ करोड रुपैयाँ जम्मा भएको छ । अर्थ मन्त्रालयले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई दुई अर्ब रुपैयाँ निकासा दिएपछि कोषमा त्यति रकम जम्मा भएको हो ।

प्रधानमन्त्री उद्धार कोषमा ४ अर्ब १६ करोड

स्थानीय तह : पदाधिकारीलाई तोकियो सेवा–सुविधा

प्रदेश सभाको बुधबारको बैठकले स्थानीय तहका पदाधिकारीको सेवा–सुविधा सम्बन्धि बिधयेक पारित गरेको छ । महानगर, उप–महानगर, नगर, गाउँपालिका र जिल्ला समन्वय समिति पदाधिकारी तथा सदस्यले पाउने सेवा–सुविधासम्बन्धि बिधेयक केही संशोधनसहित पारित भएको हो ।

स्थानीय तह : पदाधिकारीलाई तोकियो सेवा–सुविधा

चार राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

नेपालका लागि एक आवासीय र तीन गैरआवासीय राजदूतले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् । 

चार राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

‘लोकतन्त्र जीवन्त बनाउन जनविश्वास जित्नुपर्छ’

जर्मनीका संघीय कानुनमन्त्रीसमेत रहिसकेकी प्रा.डा. हार्ता डुब्लर जेम्लिनले लोकतन्त्रलाई जीवन्त बनाउन राजनीतिक नेतृत्वले जनताको विश्वास र आस्था जित्न सक्नुपर्ने बताएकी छन् ।

‘लोकतन्त्र जीवन्त बनाउन जनविश्वास जित्नुपर्छ’

रसुवामा पहिरोले दुईवटा गाडी बगायो

पासाङ ल्हामुमार्गअन्तर्गत राम्चेमा पहिरोले दुई वटा गाडी बगाएको छ । पहिरोमा ना ६ ख ७५९० को कन्टेनर र बा १२ च २७३५ नम्बरको बलेरो गाडी पहिरोले बगाएको प्रहरीले जनाएको छ । उक्त सडक खण्ड अहिले अवरुद्ध छ । 

रसुवामा पहिरोले दुईवटा गाडी बगायो

विषाक्त रक्सीले ४ को मृत्यु, आधा दर्जन बिरामी 

धनुषाको पूर्वोत्तर कमला नगरपालिकामा विषाक्त रक्सी (घरेलु मदिरा) सेवन गर्दा बुधबार बिहान ४ जनाको मृत्यु भएको छ । आधा दर्जन बढी सिकिस्त छन् ।

विषाक्त रक्सीले ४ को मृत्यु, आधा दर्जन बिरामी 

तरुण दलद्वारा विरोधसभा

कांग्रेस भ्रातृसंस्था तरुण दलले महँगीविरुद्ध बुधबार राजधानीमा विरोधसभा गरेको छ । सहरका विभिन्न भागबाट नाराजुलुससहित निस्केको र्‍याली शान्तिबाटिकामा सभामा परिणत भएको थियो । 

तरुण दलद्वारा विरोधसभा

चिकित्सा शिक्षा विधेयक तोडमोड गरिए सत्याग्रह : डा. केसी

डा.गोविन्द केसीले चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयकको मर्म नै मर्ने गरी तोडमोड गरेर ल्याइए असार १५ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन् । 

चिकित्सा शिक्षा विधेयक तोडमोड गरिए सत्याग्रह : डा. केसी

सुन तस्करीमा उच्च तहका व्यक्ति पनि छानबिनको घेरामा : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले सुन तस्करी माथिको जारी छानबिनमा उच्च तहका व्यक्तिहरु पनि आएको बताएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा विनियोजन विधेयक माथिको छलफलमा सांसदले उक्त मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफलमा उठेका प्रश्नका जवाफ दिँदै उनले छानबिन जारी रहेकाले यथासमयमा यसबारे विस्तृत जानकारी आउने सदनलाई अवगत गराएका हुन् ।

सुन तस्करीमा उच्च तहका व्यक्ति पनि छानबिनको घेरामा : गृहमन्त्री

व्यापार र पारवहन सम्झौताको प्रोटोकल मस्यौदा चीन पठाइयो

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सन् २०१६ मा चीनसँग भएको व्यापार र पारवहन सम्झौताको प्रोटोकलको मस्यौदा तयार गरी चीन सरकारलाई पठाइएको जानकारी दिएका छन् । 

व्यापार र पारवहन सम्झौताको प्रोटोकल मस्यौदा चीन पठाइयो

सामाजिक सञ्जाल दुरुपयोग गर्नेलाई कारबाही : महाशाखा 

महानगरीय अपराध महाशाखा काठमाडौंले सामाजिक सञ्जाल दुरुपयोग गरेमा कारबाही हुने चेतावनी दिँदै त्यस्ता गतिविधिमा संलग्न नहुन सर्वसाधारणलाई अपिल गरेको छ ।

सामाजिक सञ्जाल दुरुपयोग गर्नेलाई कारबाही : महाशाखा 

भोटेकोसीको बाढीले ९० लाखको क्षति

अविरल वर्षासँगै भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीले निर्माण कार्यमा प्रयोग भइरहेको करिब ९० लाख मूल्य बराबरका मेशिनरी औजार बगाएको छ । 

भोटेकोसीको बाढीले ९० लाखको क्षति

कांग्रेस 'प्रोगेसिभ एलायन्स' नजिक भएपछि पार्टीभित्र तीव्र असन्तुष्टि

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई ६ दशकदेखिको ‘सोसलिष्ट इन्टरनेशनल’ प्रतिको आबद्धता छाडेर ५ वर्ष अघि स्थापित ‘प्रोगेसिभ एलायन्स’ मा सरिक गराउन लागेको प्रति संस्थापन इतर पक्ष आक्रोशित भएको छ ।

कांग्रेस 'प्रोगेसिभ एलायन्स' नजिक भएपछि पार्टीभित्र तीव्र असन्तुष्टि

राजनीति संघर्षको युग सकियो अब विकासको युग : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरेको बताएका छन । ‘राजनीति संघर्षको युग सकेर हामी अब विकास र समृद्धिको यात्रामा छौँ,’ बुधबार हनुमान ढोकास्थित गद्दि बैठक भवन पुनर्निर्माणपछिको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘भूकम्प पछिको पुनर्निर्माण अझ राम्रो बनाउन सरकार प्रतिवद्ध छ ।’

राजनीति संघर्षको युग सकियो अब विकासको युग : प्रधानमन्त्री

पाँच घण्टापछि खुल्यो नारायणगढ-मुग्लिन सडक

पहिरोका कारण बिहान साढे ६ बजेदेखि अवरूद्ध नारायणगढ मुग्लिन सडक पौने १२ बजेपछि खुलेको छ । मुग्लिन नजिक चारकिलोमा गएको पहिरो सफा गरेपछि दुई तर्फी रूपमा नै गाडी चल्न सुरू भएको नारायणगढ मुग्लिन सडक आयोजनाका सुचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए । 

पाँच घण्टापछि खुल्यो नारायणगढ-मुग्लिन सडक

सेवा, शर्त र सुविधाको प्रतिस्थापन विधेयक संसदमा पेश

सरकारले संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी विधेयक पेश गरेको छ ।

सेवा, शर्त र सुविधाको प्रतिस्थापन विधेयक संसदमा पेश

गुप्तेश्वर माविका प्रधानाध्यापक बेपत्ता

गुप्तेश्वर माविका प्रधानाध्यापक तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका सचिव मदन दाहाल दुई दिनदेखि वेपत्ता भएका छन् । मंगलबार बिहान विद्यालय जान घरबाट हिँडेका दाहाल पाथिभरा याङवरक गाउँपालिका-१ नाङखोल्याङको मेवाखासम्म पुगेको तर विद्यालय नपुगेको प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र बहादुर बस्नेतले बताए ।

गुप्तेश्वर माविका प्रधानाध्यापक बेपत्ता

५० हजार पाउन २० हजार खर्च

कुशे गाउँँपालिका ८, जिन्तालाका लछु शाही मुहान सुधार उपभोक्ता समिति अध्यक्ष हुन् । ५० हजार लागतको उक्त योजनाको सम्झौता र भुक्तानी पाउन उनीलगायत ३ जनालाई सदरमुकाम खलंगामा ७ दिन कुर्नुपर्‍यो ।

५० हजार पाउन २० हजार खर्च

‘बूढो’ विद्यालयका मेधावी विद्यार्थी

सुर्खेत– ‘हेलो ! प्रदीप बोलेको ?’ उत्तर आयो– ‘हैन, म उसको बुवा, प्रदीप त वनतिर दाउरा ल्याउन गएको छ ?’ बल्लतल्ल पत्ता लगाएको मोबाइल नम्बरमा सोमबार बिहान फोन गर्दा प्रदीप राना भेटिएनन् । २०७४ को एसईईमा ४ जीपीए ल्याएका उनको जिल्लाभर चर्चा भइरहँदा उनी भने गाउँकै वनपाखामा थिए ।

‘बूढो’ विद्यालयका मेधावी विद्यार्थी

दुर्घटनामा मर्नेमा एक तिहाइ पैदलयात्री

गत वर्ष जेब्रा क्रसिङबाट बाटो काट्न लाग्दा वसुन्धरामा बसको ठक्करबाट सुनसरीकी २३ वर्षीया रविना चौधरीको मृत्यु भयो । चालक विनय तामाङले चलाएको ना४ख ४२६२ नम्बर बसले ठक्कर दिँदा चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा मर्नेमा एक तिहाइ पैदलयात्री

ठेकेदारले तुहाइदिए सडक सपना

यही असार मसान्तभित्र बारपाक पुग्ने सडक कालोपत्रे गर्ने सरकारी योजना ठेकेदारले तुहाइदिएका छन् । सम्पन्न गर्नुपर्ने अवधिमा १२ किलोबाट बारपाकसम्मको ४८ मध्ये ९ किमिको मात्र कालोपत्रे सकिएको छ । ११ किलो छेवेटार भालुस्वाँरा सडक आयोजनाले सडक कालोपत्रेका लागि ४ प्याकेजमा ठेक्का लगाएको थियो ।

ठेकेदारले तुहाइदिए सडक सपना

नारायणगढ–मुग्लिन सडक: भुक्तानीको अड्को

दैनिक हजारौं गाडी आवतजावत गर्ने नारायणगढ–मुग्लिन सडकमा पहिरो खसे तत्कालै हटाउन सबै एकजुट हुनुको विकल्प छैन । तर राजधानीको ‘लाइफ लाइन’ मानिएको यो सडक पहिरोले लागातार अवरुद्ध हुन थालेको छ ।

नारायणगढ–मुग्लिन सडक: भुक्तानीको अड्को

पहिरोमुनि बास

बर्खा लागेसँगै बाह्रबीसे नगरपालिकास्थित माथिल्लो सिगार्चेका चलबहादुर तामाङ चिन्तामा डुबेका छन् । परिवार राम्ररी निदाउन छाडिसक्यो । बस्तीमाथि चिरा परेको कसेरी भीर झरिहाल्ला कि भन्ने पिरलो छ उनीहरूलाई ।

पहिरोमुनि बास

वर्षासँगै बाढी र पहिरो

वर्षायाम सुरु भएसँगै प्रदेश ४ का विभिन्न जिल्लामा बाढीपहिरोले वितण्डा मच्चाउन थालेको छ । बागलुङमा पहिरोले पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको छ । बस्ती नै पहिरोको जोखिममा परेको छ भने झोलुंगेपुल र खेतीयोग्य जमिन बगाएको छ ।

वर्षासँगै बाढी र पहिरो