गुप्तेश्वर माविका प्रधानाध्यापक बेपत्ता

आनन्द गौतम

ताप्लेजुङ — गुप्तेश्वर माविका प्रधानाध्यापक तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका सचिव मदन दाहाल दुई दिनदेखि वेपत्ता भएका छन् । मंगलबार बिहान विद्यालय जान घरबाट हिँडेका दाहाल पाथिभरा याङवरक गाउँपालिका-१ नाङखोल्याङको मेवाखासम्म पुगेको तर विद्यालय नपुगेको प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र बहादुर बस्नेतले बताए ।

गुप्तेश्वर माविका प्रधानाध्यापक बेपत्ता

प्रहरीले मंगलबार बेलुकादेखि खोजी सुरु गरेको छ । बुधबार बिहानपनि थप टोली परिचालन गरेको उनले जानकारी दिए ।


शिक्षक महासंघका अध्यक्ष महेन्द्र प्रकाश गौतमका अनुसार फुङलिङ नगरपालिका-६ दाहाल गाउँ घर भएका उनी मंगलबार बिहान ६ बजे गाडीबाट मेवाखा पुगेका थिए । त्यहाँ खाजा खाएर १ सय १० रुपैयाँ तिरेर हिँडेकोसम्म पत्ता लागेको त्यसपछिको अवस्था अज्ञात रहेको गौतमले बताए । गौतमका अनुसार उनीसँग साथमा अर्को एकजना साथीपनि थिए । तर उनको पहिचान खुलेको छैन ।


विद्यालय आठराई त्रिवेणी गाउँपालिका-२ फूलबारीमा पर्छ । मदन आइतबार स्कुलबाट सदरमुकाम आएका थिए । यो वडामा चार वर्षअघि सञ्चारकर्मी मदन दाहालपनि वेपत्ता भएका थिए । उनको समेत अवस्था अझै पत्ता लागेको छैन ।

प्रकाशित : असार १३, २०७५ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?