पाँच घण्टापछि खुल्यो नारायणगढ-मुग्लिन सडक

रमेशकुमार पौडेल

चितवन — पहिरोका कारण बिहान साढे ६ बजेदेखि अवरूद्ध नारायणगढ मुग्लिन सडक पौने १२ बजेपछि खुलेको छ । मुग्लिन नजिक चारकिलोमा गएको पहिरो सफा गरेपछि दुई तर्फी रूपमा नै गाडी चल्न सुरू भएको नारायणगढ मुग्लिन सडक आयोजनाका सुचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए । 

पाँच घण्टापछि खुल्यो नारायणगढ-मुग्लिन सडक

यो सडकमा हिजो मंगलबार पनि पहिरो गएर बिहान पाँच बजेदेखि अपरान्ह चार बजेसम्म ११ घण्टा बाटो थुनिएको थियो । हिजो बाटोमा रोकिएका गाडी पुरै पार हुन नपाउँदै आज बिहान फेरि पहिरोले दु:ख दिएको हो । पहिरो जाँदा बाटोमा जहाँपायो त्यही गाडी रोक्ने गरेका कारण पहिरोको अवरोध हटेपछि पनि सजिलोसँग गाडी चल्न सक्दैनन् ।

नारायणगढ मुग्लिन सडकलाई फराकिलो बनाउन ठाउँठाउँमा पहाड काटिएको छ । पहाड काटेको ठाउँमा पहिरो गएर दुख्ख दिन्छ । सोमबार पनि पहिरोले बाटो रोकेको थियो । चारकिलो आसपासमा अझै पनि पिहरो खस्ने सम्भावना रहेका कारण सजग भएर यात्रा गर्न नारायणगढ मुग्लिन सडक आयोजनाले अनुरोध गरेको छ ।

प्रकाशित : असार १३, २०७५ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?