कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

राजनीति संघर्षको युग सकियो अब विकासको युग : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरेको बताएका छन । ‘राजनीति संघर्षको युग सकेर हामी अब विकास र समृद्धिको यात्रामा छौँ,’ बुधबार हनुमान ढोकास्थित गद्दि बैठक भवन पुनर्निर्माणपछिको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘भूकम्प पछिको पुनर्निर्माण अझ राम्रो बनाउन सरकार प्रतिवद्ध छ ।’

राजनीति संघर्षको युग सकियो अब विकासको युग : प्रधानमन्त्री

अमेरिकी सहयोगमा रेट्रो फिटिङ सहित पुनर्निर्माण गरिएको उक्त बैठकको उद्घाटन प्रधानमन्त्री ओली र नेपालका लागि अमेरिकी कार्यबाहक राजदूत पिटर ए मलनकले संयुक्त रुपमा गरेका थिए । प्रधानमन्त्री ओलीले यस भवनको पुनर्निर्माण (रेक्ट्रो फिटिङ) का लागि अमेरिकी दूतावासको राजदूत कोषमार्फत सहयोग गरेको थियो ।

प्रधानमन्त्री ‌‌ओलीले अमेरिकी सरकारलाई धन्यवाद समेत दिए । हनुमान ढोका दरबार क्षेत्रमा रहेका सबै भवनहरु नेपालको पौराणिक अवस्था झल्काउने,ऐतिहासिक र साँस्कृतिक महत्वका रहेकाले त्यसलाई जतिसक्दो छिटो पुनर्निर्माण गर्दै पुरानै अवस्थामा फर्काउने समेत प्रधानमन्त्री ओलीले बताए ।


२०७२ बैशाखको भूकम्पले ९ हजार भन्दा बढी घर भत्काएको, लाखौँ मानिस घरबारविहीन भएको र सयौँ साँस्कृतिक धरोहरहरु क्षतविक्षत भएको प्रधानमन्त्री ओलीले त्यहाँ स्मरण गरे । ‘हामी भूकम्पले क्षतिग्रस्त अवस्थामा भएका बेला अमेरिकाले गरेको सहयोग उल्लेखनीय छ,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी भविष्यमा पनि यस्तो सहयोगको अपेक्षा गर्दछौँ ।’


संविधानसभाले संविधान जारी गरेर नयाँ निर्वाचन मार्फत सरकार गठन भइसकेपछि देश नयाँ युगमा प्रवेश गरेको भन्दै विदेशी साथ र सहयोग निरन्तर रहने उनले बताए ।


फेरि पनि भूकम्प आउन सक्ने भएकोले अबको पुनर्निर्माण थप गुणस्तरीय हुनु पर्ने प्रधानमन्त्रीको धारणा थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकारले यस्ता धरोहरहरुको क्रमैसँग पुनर्निर्माण गर्दै भविष्यमा सन्ततीहरुको लागि संरक्षण गरेर राख्ने बताए । 'पर्यटकको आकर्षणको केन्द्र यो गद्दि बैठक र यसका आसपासका क्षेत्र यसलाई संरक्षण गर्न सरकार प्रतिबद्ध छ ।' कार्यबाहक राजदूत पिटरले पनि नेपाल सरकारसँग धरोहर संरक्षणमा नयाँ एभ्येन्यु खुलेको बताए ।


नेपाल र अमेरिकाको सहकार्यको यो एउटा अर्को महत्वपूर्ण चरण भएको पनि उनले बताए । अमेरिकी दूतावासले स्वास्थ्य चौकी, विद्यालय भवन पुरातात्विक महत्वका भवन तथा सार्वजनिक क्षेत्रको पुनर्निर्माण कार्य अघि बढाएको छ । राजदूत कोष, अमेरिकी सहयोग नियोग यूएसआईडी लगायतमा मार्फत सहयोग गरिरहेको छ।

प्रकाशित : असार १३, २०७५ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?