भोटेकोसीको बाढीले ९० लाखको क्षति

रासस

चौतारा — अविरल वर्षासँगै भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीले निर्माण कार्यमा प्रयोग भइरहेको करिब ९० लाख मूल्य बराबरका मेशिनरी औजार बगाएको छ । 

भोटेकोसीको बाढीले ९० लाखको क्षति

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित नौ किलोमा ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाको बाँधको पुनःनिर्माण कार्यमा प्रयोग भइरहेका मेशिनरी सामान बगाएको सशस्त्र सीमा सुरक्षा बल तातोपानीका सशस्त्र प्रहरी नायब उपरीक्षक हजारीलाल जैसवालले जानकारी दिए ।


बुधबार बिहान ३ बजे आएको बाढीले कम्प्रेशन मेशिन, ड्रिल मेशिन, जेनेरेटर, ट्रिपर तथा सामानसहितको कन्टेनर बगाएको हो ।

चीनबाट बग्दै आएको सो नदीको बाढीले विगतका वर्षहरुमा पनि नेपालले ठूलो भौतिक तथा मानवीय क्षति ब्यहोर्दै आएको छ ।

प्रकाशित : असार १३, २०७५ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?