कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सामाजिक सञ्जाल दुरुपयोग गर्नेलाई कारबाही : महाशाखा 

काठमाडौँ — महानगरीय अपराध महाशाखा काठमाडौंले सामाजिक सञ्जाल दुरुपयोग गरेमा कारबाही हुने चेतावनी दिँदै त्यस्ता गतिविधिमा संलग्न नहुन सर्वसाधारणलाई अपिल गरेको छ ।

सामाजिक सञ्जाल दुरुपयोग गर्नेलाई कारबाही : महाशाखा 

महाशाखाले बुधबार सार्वजनिक महत्वपूर्ण सूचना निकालेर सामाजिक सञ्जाल दुरुपयोग गरी विद्युतीय स्वरुपमा गैरकानुनी प्रकाशन गर्नेलाई कारबाही हुने भन्दै सचेत रहन आग्रह गरेको हो । अर्काको नामको नक्कली खाता फेसबुक, ट्वीटर, भाइबर, इमो, इन्स्ट्राग्रामलगायतका सामाजिक सञ्जालमा रहेका फोटोलाई अश्लिल बनाई पोस्ट गर्ने, भिडियोहरु बनाई सेयर गरी ईज्जत प्रतिष्ठामा आँच पुर्‍याउनेजस्ता गतिविधि बढेकोप्रति महाशाखाले ध्यानाकर्षण भएको जनाएको छ ।


त्यस्तै सामाजिक सञ्जालबाट धाकधम्की दिने, ब्ल्याकमेल गर्ने, कुनै व्यक्ति एवं स‌ंघ संस्थाउपर जनमानसमा भ्रम सिर्जना गर्ने कुराहरु लेखी अपमान एवं गालिगलौज गरी कमेन्ट गर्नेजस्ता गतिविधि पनि भइरहेको सूचनामा उल्लेख छ ।


महाशाखाका अनुसार विद्युतीय कारोबार (ईलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अनुसार दुई लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

प्रकाशित : असार १३, २०७५ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?