पेस्तोल र गोलीसहित सुन व्यवसायी पक्राउ 

जाजरकोट — सदरमुकामको स्याँलागाउँबाट प्रहरीले अवैध हतियार पेस्तोल र गोलीसहित एक सुन व्यवसायीलाई पक्राउ गरेको छ ।

पेस्तोल र गोलीसहित सुन व्यवसायी पक्राउ 

प्रहरीले भेरी नगरपालिका-३, स्याँला बस्ने तिलक सुनारलाई पेस्तोल, म्यागजीन र चार राउन्ड गोलीसहित पक्राउ गरेको हो ।


गोप्य सूचनाको आधारमा प्रहरी निरीक्षक लोकबहादुर विष्टको टोलीले बुधबार बिहान सुनारको स्याँलास्थित घर खानतलासी गर्दा हतियार फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी रविन्द्रबहादुर सिंहले बताए । सुनारका विषयमा थप अनुसन्धान भइरहेको प्रनाउ सिंहले बताए ।


सुनारलाई हातहतियार तथा खरखजना मुद्दाअन्तर्गत अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयवाट ७ दिनको म्याद थप गरेर थुनामा राखेको सिंहले बताए ।


प्रकाशित : असार १३, २०७५ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?