'स्वास्थ्य सूचकांकमा सप्तरी मुलुककै सबैभन्दा तल' 

अतुल मिश्र

काठमाडौँ — उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द यादवले स्वास्थ्य सूचकांकमा सप्तरी जिल्ला सबैभन्दा तल रहेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभामा बोल्दै मन्त्री यादवले सप्तरी जिल्लाको स्वास्थ्य सूचकांकमा सबैभन्दा तल र स्वास्थ्यको दृष्टिकोणले सबैभन्दा खराब भएको बताएका हुन्।

Yamaha

बजेट छलफलमा उठेका प्रश्नबारे जवाफ दिदै मन्त्री यादवले उक्त कुरा बताएका हुन्। यादवले सप्तरीमा अस्पताल भएपनि राम्रो उपचारको व्यवस्था गर्न बाँकी नै रहेको जनाएका छन्।

सरकारले मेडिकल कलेज, अस्पताल पुनर्निमार्ण गर्ने कुरामा सकारात्मक रुपमा सोची रहेको औँल्याउदै उनले यसको छिट्टै परिणाम समेत आउने बताए।

सरकारको प्राथमिकता जनतालाई आधारभूत स्वास्थ्य सेवा पुर्याउने सरकारी अस्पताल र स्वास्थ्य केन्द्र नै रहेको जनाउँदै यादवले हाल मुलुकमा विपन्न वर्गले पाएको नि:शुल्क उपचार अपर्याप्त रहेको समेत उल्लेख गरे।

उनले हाल मुलुकमा स्वास्थ्य सेवा प्रवाह गरिरहेको निजी अस्पतालको शुल्कलाई नियमन गर्नुका साथै एउटा मापदण्डमा ल्याउनुपर्ने आवश्यकता रहेको बताए।

मुलुकमा सरकारी छात्रवृत्तिमा पढने डाक्टरलाई अनिवार्य रुपमा निश्चित अवधिसम्म सरकारले खटाएको ठाउँमा काम गर्ने स्थिति बनाउन प्रयासरत रहेको समेत यादवले बताए।

औषधीको अभाव हुन नदिन स्थानीय तह, प्रदेश र संघबाट औषधी वितरण र खरिद प्रकृया प्रभावकारी रुपमा लागू गरिने स्वास्थ्यमन्त्री यादवले जनाए।

मन्त्री यादवले हाल ३३ जिल्लामा सञ्चालित विमा कार्यक्रमलाई ७७ वटै जिल्लामा विस्तार गर्ने लक्ष्य अनुसार यो वर्ष ६ अर्बको बजेट विनियोजन गरेको समेत उल्लेख गरे।

Esewa Pasal

प्रकाशित : असार १३, २०७५ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्

पेस्तोल र गोलीसहित सुन व्यवसायी पक्राउ 

कान्तिपुर संवाददाता

जाजरकोट — सदरमुकामको स्याँलागाउँबाट प्रहरीले अवैध हतियार पेस्तोल र गोलीसहित एक सुन व्यवसायीलाई पक्राउ गरेको छ ।

प्रहरीले भेरी नगरपालिका-३, स्याँला बस्ने तिलक सुनारलाई पेस्तोल, म्यागजीन र चार राउन्ड गोलीसहित पक्राउ गरेको हो ।

गोप्य सूचनाको आधारमा प्रहरी निरीक्षक लोकबहादुर विष्टको टोलीले बुधबार बिहान सुनारको स्याँलास्थित घर खानतलासी गर्दा हतियार फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी रविन्द्रबहादुर सिंहले बताए । सुनारका विषयमा थप अनुसन्धान भइरहेको प्रनाउ सिंहले बताए ।

सुनारलाई हातहतियार तथा खरखजना मुद्दाअन्तर्गत अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयवाट ७ दिनको म्याद थप गरेर थुनामा राखेको सिंहले बताए ।

प्रकाशित : असार १३, २०७५ १८:५२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT