१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

'स्वास्थ्य सूचकांकमा सप्तरी मुलुककै सबैभन्दा तल' 

अतुल मिश्र

काठमाडौँ — उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द यादवले स्वास्थ्य सूचकांकमा सप्तरी जिल्ला सबैभन्दा तल रहेको बताएका छन् ।

'स्वास्थ्य सूचकांकमा सप्तरी मुलुककै सबैभन्दा तल' 

बुधबार प्रतिनिधि सभामा बोल्दै मन्त्री यादवले सप्तरी जिल्लाको स्वास्थ्य सूचकांकमा सबैभन्दा तल र स्वास्थ्यको दृष्टिकोणले सबैभन्दा खराब भएको बताएका हुन् ।


बजेट छलफलमा उठेका प्रश्नबारे जवाफ दिदै मन्त्री यादवले उक्त कुरा बताएका हुन् । यादवले सप्तरीमा अस्पताल भएपनि राम्रो उपचारको व्यवस्था गर्न बाँकी नै रहेको जनाएका छन् ।


सरकारले मेडिकल कलेज, अस्पताल पुनर्निमार्ण गर्ने कुरामा सकारात्मक रुपमा सोची रहेको औँल्याउदै उनले यसको छिट्टै परिणाम समेत आउने बताए ।


सरकारको प्राथमिकता जनतालाई आधारभूत स्वास्थ्य सेवा पुर्याउने सरकारी अस्पताल र स्वास्थ्य केन्द्र नै रहेको जनाउँदै यादवले हाल मुलुकमा विपन्न वर्गले पाएको नि:शुल्क उपचार अपर्याप्त रहेको समेत उल्लेख गरे ।


उनले हाल मुलुकमा स्वास्थ्य सेवा प्रवाह गरिरहेको निजी अस्पतालको शुल्कलाई नियमन गर्नुका साथै एउटा मापदण्डमा ल्याउनुपर्ने आवश्यकता रहेको बताए ।


मुलुकमा सरकारी छात्रवृत्तिमा पढने डाक्टरलाई अनिवार्य रुपमा निश्चित अवधिसम्म सरकारले खटाएको ठाउँमा काम गर्ने स्थिति बनाउन प्रयासरत रहेको समेत यादवले बताए ।


औषधीको अभाव हुन नदिन स्थानीय तह, प्रदेश र संघबाट औषधी वितरण र खरिद प्रकृया प्रभावकारी रुपमा लागू गरिने स्वास्थ्यमन्त्री यादवले जनाए ।


मन्त्री यादवले हाल ३३ जिल्लामा सञ्चालित विमा कार्यक्रमलाई ७७ वटै जिल्लामा विस्तार गर्ने लक्ष्य अनुसार यो वर्ष ६ अर्बको बजेट विनियोजन गरेको समेत उल्लेख गरे ।

प्रकाशित : असार १३, २०७५ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?