कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

चिकित्सा शिक्षा विधेयक तोडमोड गरिए सत्याग्रह : डा. केसी

काठमाडौँ — डा.गोविन्द केसीले चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयकको मर्म नै मर्ने गरी तोडमोड गरेर ल्याइए असार १५ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन् । 

चिकित्सा शिक्षा विधेयक तोडमोड गरिए सत्याग्रह : डा. केसी

उनले पहिले जारी भएको अध्यादेशमा कुनै पनि परिवर्तन नगरी जस्ताको तस्तै जारी गर्न सरकार र राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । उक्त प्रतिस्थापन विधेयक ल्याउने क्रममा सुधार अभियानको मर्म नै मर्ने गरी तोडमोड गरेर ल्याउन लागिएको सुचना आफुहरुलाई प्राप्त भएको र यो कदम स्वीकार्य नभएको उनले बताएका छन् ।


उनले स्वास्थ्यजस्तो संवेदनशील विषयमा समेत सबै पक्षहरुको ध्यानाकर्षण गर्नका लागि १५ औं सत्याग्रहको स्थल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको जुम्ला सदरमुकाम हुने समेत जनाएका छन् ।

प्रकाशित : असार १३, २०७५ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?