१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

तरुण दलद्वारा विरोधसभा

काठमाडौँ — कांग्रेस भ्रातृसंस्था तरुण दलले महँगीविरुद्ध बुधबार राजधानीमा विरोधसभा गरेको छ । सहरका विभिन्न भागबाट नाराजुलुससहित निस्केको र्‍याली शान्तिबाटिकामा सभामा परिणत भएको थियो । 

तरुण दलद्वारा विरोधसभा

सभामा तरुण नेताहरूले सरकार सर्वसत्तावादतर्फ उन्मुख भएकाले देशभर आन्दोलन गर्ने चेतावनी दिए । दलका अध्यक्ष जितजंग बस्नेतले केपी ओली नेतृत्वको सरकार बनेपछि पाँच पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइसकेको बताए ।


‘महँगी अनियन्त्रित बनेको छ, अदालतको अपमान गरिएको छ र राष्ट्रपतिलाई समेत संविधान मिच्न लगाउने काम भएको छ,’ उनले भने, ‘सरकार, सडक र जंगलबाट समेत कांग्रेसमाथि प्रहार हुँदै छ । यस्तो अवस्थामा हामी अन्तिम लडाइँका लागि सडक र सिंहदरबार घेर्छौँ ।’

प्रकाशित : असार १३, २०७५ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?