कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रसुवामा पहिरोले दुईवटा गाडी बगायो

बलराम घिमिरे

रसुवा — पासाङ ल्हामुमार्गअन्तर्गत राम्चेमा पहिरोले दुई वटा गाडी बगाएको छ । पहिरोमा ना ६ ख ७५९० को कन्टेनर र बा १२ च २७३५ नम्बरको बलेरो गाडी पहिरोले बगाएको प्रहरीले जनाएको छ । उक्त सडक खण्ड अहिले अवरुद्ध छ । 

रसुवामा पहिरोले दुईवटा गाडी बगायो

घटनामा कुनै मानवीय क्षति नभएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । उनले अवरुद्ध सडक बिहीबार मात्रै सञ्चालन हुने छ ।


यस्तै, काठमाडौ‌ंतर्फ जाने सवारी साधनहरुलाई सदरमुकाम धुन्चेमा र काठमाडौंबाट आउने सवारी साधनहरुलाई कालिकास्थानमा रोक लगाएको प्रजिअ पौडेलले जानकारी दिए ।

प्रकाशित : असार १३, २०७५ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?