चार राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौँ — नेपालका लागि एक आवासीय र तीन गैरआवासीय राजदूतले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् । 

चार राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

जापान, ट्युनिसिया, डेनमार्क र भेनेजुएलाका राजदूतहरू क्रमश: मसामिची सैगो, नेज्मेड्डेने अखाल, पिटर टाक्सोजेनसेन र अगस्टो मोन्टैलले आ–आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका हुन् ।

जापानी राजदूतले काठमाडौं आएको एक महिनापछि आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका हुन् ।


जापानका राजदूत आवासीय हुन् भने अन्य गैरआवासीय । डेनमार्कले काठमाडौंमा आफ्नो दूतावास बन्द गरेपछि पहिलोपटक गैरआवासीय राजदूत पठाएको हो ।


डेनमार्कले काठमाडौंस्थित दूतावास बन्द गरेर दिल्लीबाट नेपाल हेर्न थालेको छ । ओहदाको प्रमाणपत्र बुझाउन उनीहरू होटल सांग्रिलाबाट राष्ट्रपति निवाससम्म बग्गीमा गएका थिए ।


ओहदाको प्रमाणपत्र बुझाएपछि उनीहरूले राष्ट्रपति भण्डारीसँग दुई मुलुकबीचको सम्बन्धबारे छुट्टाछुट्टै संक्षिप्त छलफलसमेत गरे ।

प्रकाशित : असार १३, २०७५ २०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?