स्थानीय तह : पदाधिकारीलाई तोकियो सेवा–सुविधा

धनुषा — प्रदेश सभाको बुधबारको बैठकले स्थानीय तहका पदाधिकारीको सेवा–सुविधा सम्बन्धि बिधयेक पारित गरेको छ । महानगर, उप–महानगर, नगर, गाउँपालिका र जिल्ला समन्वय समिति पदाधिकारी तथा सदस्यले पाउने सेवा–सुविधासम्बन्धि बिधेयक केही संशोधनसहित पारित भएको हो ।

स्थानीय तह : पदाधिकारीलाई तोकियो सेवा–सुविधा

नेकपाका सांसद रामचन्द्र मण्डलको सभापतित्वमा गठन भएको विशेष समितिले बुधबारको बैठकमा केही परिमार्जनसहित प्रतिवेदन पेश गरेको थियो । त्यही प्रतिवेदनको आधारमा बैठकले बिधेयक पारित गरेको छ ।


गाउँपालिकाको प्रमुखलाई मासिक ३१ हजार ५ सय, उपप्रमुखलाई २७ हजार ५ सय र वडाध्यक्षलाई २० हजार पारिश्रमिक तोकिएको छ । नगरपालिकाका मेयरलाई मासिक ३५ हजार, उपमेयरलाई ३१ हजार र वडाध्यक्षलाई २२ हजार दिने ब्यवस्था गरिएको छ ।


उपमहानगरपालिकाका मेयरलाई ४१ हजार, उपमेयरलाई ३५ हजार र वडाध्यक्षलाई २५ हजार तथा महानगरपालिकाका मेयरलाई ४३ हजार, उपमेयरलाई ४१ हजार ५ सय र वडाध्यक्षलाई २८ हजार रुपैया पारिश्रमिक तोकिएको छ ।


यस्तै जिल्ला समन्वय समिति संयोजकलाई ४४ हजार र उप–संयोजकलाई ४२ हजार तथा सदस्यहरुलाई १० हजार रुपैया मासिक पारिश्रमिक तोकिएको छ । स्थानीय तहका पदाधिकारी र सदस्यलाई मासिक पारिश्रमिक वाहेक सञ्चार सुविधा, दैनिक भ्रमण भत्ता र यात्रा बिमावापत छुट्टै १० लाख रुपैयाँ सुविधा थपिएको छ ।


प्रकाशित : असार १३, २०७५ २१:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?